back
NMB ad

प्रधानमन्त्री ओलीलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप, सबैलाई लगाउन आग्रह

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउनु भएको छ ।

सरकारले आज (आइतबार)देखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान सुरु गरेसँगै प्रधानमन्त्री र उहाँकी पत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो । उहाँहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो ।

खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो । ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’, प्रधानमन्त्रीको भनाई थियो ।

खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बस्नुभएको थियो । प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताउनु भयो ।

आफूलाई खोप लगाएपछिका कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गर्नुभयो । ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, प्रधानमन्त्रीको भनाई थियो ।

शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाउनुभए लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमा कार्यरतहरुले पनि खोप लगाउनुभएको थियो ।

वि.सं.२०७७ फागुन २३ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...