back
NMB ad

कोभिडपछि ह्वात्तै बढ्यो सिमेन्ट उत्पादन, सिजनमै छैन माग !

Kumari bank ad

काठमाडौं । पछिल्लो समय सिमेन्टमा उत्पादनमा वृद्धि आएको छ । कोरोना महामारीपछि उद्योगहरु विस्तारै चलायमान हुँदै आएकाले उत्पादन बढेको हो ।

कोराना महामारी पछि सिमेन्ट उत्पादन बढेपनि माग वृद्धि हुनसकेको छैन । उद्योगहरुले उत्पादन क्षमता बढी भएपनि माग भने कम रहेको बताएका छन् ।

यो नेपालमा पूर्वाधार निर्माणको सिजन हो । खासगरी, मंसिर, पुस, माघ, फागुन र चैत उद्योगका लागि सिजन मानिन्छ । यो सिजनमा सबै प्रकारका उद्योगहरु पूर्ण क्षमतामा चल्ने गर्दछन ।

उद्योगको सिजन चलिरहेपनि सिमेन्ट उद्योगहरुले उत्पादन अनुसार माग नभएको बताएका छन् । अहिले अर्घाखाँची सिमेन्ट,शिवम्, रिद्धिसिद्धि, अम्बे सिमेन्टलगायत दर्जनौँ उद्योगहरुले शतप्रतिशत क्षमतामा उत्पदान गरिरहेका छन् । त्यसबाहेक अन्य उद्योगको उत्पादन पनि ९५ प्रतिशत क्षमतामा उत्पादन भइरहेको बताइएको छ ।

कोरोना महामारी, देशको अस्थिर राजनीति लगायतका कारण उत्पादन अनुसारको माग नभएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष दुव्र थापाले जानकारी दिनुभयो ।

कोरोना महामरी, देशमा राजनैतिक अस्थिरता छाएपछि पूर्वाधार निर्माणले गति लिन नसक्दा र सरकारले विकास खर्च नसक्दा सिमेन्टको माग कम भएको अध्यक्ष थापाको भनाई छ ।

उहाँका अनुसार कोभिड भन्दा अघिल्ला वर्षहरुमा वार्षिक १० मिलियन टन सिमेन्ट उत्पादन हुने गरेको थियो । ‘गत वर्ष महामारी चलिरहेकै अवस्था पनि करिव ७ लिलियन टन सिमेन्ट उत्पादन भएको थियो, यसपाली पनि आर्थिक वर्ष ०७५/७६ भन्दा कम उत्पादन हुने देखिन्छ’–थापाले भन्नुभयो ।

‘उत्पादन बढिरहेको छ, देशको राजनैतिक अस्थिरताले विकास निर्माणमा बजेट खर्च हुन सकेन,’ अध्यक्ष थापाले भन्नुभयो, ‘उद्योगका लागि सिजन भएपनि माग बढ्न नसक्नुको मुख्य कारण नै यही हो ।’ उत्पादन क्षमताको ५० प्रतिशत भन्दा पनि कम मात्रै माग भएको उहाँले बतानउनुभयो ।

अर्घाखाँची समेन्टका सहायक महाप्रवन्धक रमेश थापाकाले पनि सिमेन्टको माग कम भएको बताउनभुएको छ । कोभिडका कारण विकास निर्माण कार्य एकदमै कम भए, थापाले भन्नुभयो, ‘उत्पादनमा वृद्धि आएता पनि गत वर्षहरुमा जस्तो सिजन चलेको छैन ।’ ‘कोरोना महामारीले उद्योग थला पर्यो, आर्थिक क्रियाकलाप बन्द भए, थापाले भन्नुभयो’–‘उत्पादन क्षमता बढेपनि माग भने कम नै छ ।’ पूर्वाधार निर्माणले गतिलिएसंगै सिमेन्टको माग बढ्ने थापाको भनाई छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १४:२२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...