back
NMB ad

तिब्रगतिमा नेटवर्क बिस्तार गदै क्लासिक टेक, १०१ औं आउटलेट नेपालगंजमा स्थापना

Kumari bank ad

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१ औं आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको छ ।

कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगंज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फैबर स्टाफ र मार्केटिंग गरेर ४५ जना स्टाफ राखिएको छ ।

नेपालगंजको पुस्पलाल चोक बाट ३०० मिटर उत्तरमा संचालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगंजका हरेक साना गाउँहरुमा आफ्नो सेवा बिस्तार गर्ने योजना लिएकोछ ।

यसअघिदेखि नै नेपालगंज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।

कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगंजको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।

आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले नयाँ शाखा संचालनमा आएसँगै नेपालगंजका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए ।

‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं ।’ प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले भने ।

कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १७:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...