back
NMB ad

प्रभु बैंकद्वारा विद्यार्थीहरुलाई बैंकिङ साक्षरता सम्वन्धी ज्ञान प्रदान

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले विद्यार्थीहरुलाई बैंकिङ साक्षरता तथा ज्ञान प्रदान गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलार्य बैंकले बैंकिङ साक्षरता सम्वन्धी ज्ञान दिएको हो ।

विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको  विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकको अवसरमा विद्यार्थीहरुसँगअन्तर्क्रिया गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा सहजीकरण गर्नुभएको थियो ।

बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत शेरचनले सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गर्नुभएको थियो ।

बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनहरुमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १८:१५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...