back
NMB ad

दक्षिण अफ्रिकामा हस्तकलाका सामान, उनिका कपडा निर्यातको पहल गर्न अध्यक्ष मोरको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालबाट हस्तकलाका सामान, पश्मिना, उनिका कपडा लगायतका उत्पादनहरुलाई निर्यात गर्नको लागि पहल गर्नु पर्ने बताउनु भएको छ ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच भएको छलफलमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको भन्दै नेपालबाट पनि निर्यातमा जोड दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष मोरले नेपालले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखि कुटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्न विशेष पहल गर्नुपर्ने बताउनु भयो । दुतावासहरुले नेपालको उत्पादनहरुलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन राजदूत विश्वकर्मालाई अनुरोध गर्नुभयो ।

स्वदेशमा नै औद्यागिकरणको माध्यमबाट रोजगारी सृजना गर्ने र लगानीमैत्री वातावरण तयार गर्नको लागि परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मूलकबाट पनि लगानी भित्र्याउन सकिने बताउनु भएको छ । यसको लागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको जानकारी गराउनु भयो

छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाउनु भएको थियो । उहाँले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ वटा मूलुकहरुमा व्यापार तथा लगानिका सम्भाव्यताहरुको पहिचान गरी नेपालसँगको व्यापार प्रवद्र्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताउनु भएको छ ।

दक्षिण अफ्रिकी मूलूकहरुमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरुको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताउनु भयो ।

वि.सं.२०७७ फागुन २३ आइतवार १८:२४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...