काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत ९ गते साधारणसभा गर्ने भएको छ ।
कम्पनीले शेयरधनीलाई २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।
वि.सं.२०७७ फागुन २४ सोमवार १६:४७ मा प्रकाशित