साढे २ करोड जनता इन्टरनेटको पहुँचमा, टेलिकम र एनसलेमा कसको अग्रता ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुस महिनासम्म २ करोड ४७ लाख ३५ हजार ६५० जना व्यक्तिमा इन्टरनेट सेवा पुगेको छ ।

प्राधिकरणका अनुसार १ करोड १२ लाख ९७० जनामा थ्रीजी इन्टरनेट पुगेको छ भने ६६ लाख ८९ हजार १०३ जनामा फोर जी इन्टरनेट सेवा पुगेको छ ।

थ्रिजी इन्टरनेटमा नेपाल टेलिकमको ८६ लाख ३४ हजार २७७ र एनसेलको २५ लाख ६६ हजार ६९३ जना रहेको छ । यस्तै फोर जीमा नेपाल टेलिकमको २३ लाख ८३ हजार २५६ र एनसेलको ४० लाख ८६ हजार १३९ जना रहेका छन् ।

फोर जीमा नेपाल टेलिकमलाई एनसेलले उछिनेको छ । प्राधिकरणका अनुसार फोर जी तर्फ स्मार्ट टेलिकमका २ लाख १९ हजार ७०८ जना रहेका छन् ।

यस्तै इभिडियो प्रयोगकर्ताको संख्या १ लाख ३६ हजार ५७३ रहेकोमा सबै संख्या नेपाल टेलिकमको रहेको छ ।

२०७७ फागुुण २५ गते १२:५४ मा प्रकाशित

You can share this post!

शेयरधनीको हितग्राही खातामा पुग्यो कृषि विकास बैंकको बोनस शेयर

शेयरधनीको हितग्राही खातामा पुग्यो कृषि विकास बैंकको बोनस शेयर

Related posts