आईपीओ निष्काशन गर्दै रिभल फल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले ३ लाख ४३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । त्यसको निष्काशन गर्नका लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

नियुक्ति सम्बन्धी सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

२०७७ फागुुण २५ गते १३:०३ मा प्रकाशित

You can share this post!

साढे २ करोड जनता इन्टरनेटको पहुँचमा, टेलिकम र एनसलेमा कसको अग्रता ?

साढे २ करोड जनता इन्टरनेटको पहुँचमा, टेलिकम र एनसलेमा कसको अग्रता ?

Related posts