back
NMB ad

निर्जीबन बीमा कम्पनीको बीमा शुल्क आर्जन र दाबी भुक्तानी घट्यो !

Kumari bank ad

काठमाडौं । कोरोनाको महामारीको समयमा पनि निर्जीबन बीमा कम्पनीले बीमा शुल्क आर्जन, दाबी भुक्तानी र बीमालेखा जारीमा अपेक्षाकृत प्रगति गरेको देखिएको छ । तर कोरोनाको महामारी कम हुँदै जाँदा भने बीमा लेखको संख्यामा बढोत्तरी देखिएपनि बीमा शुल्क आर्जन र दाबी भुक्तानी भने सुस्ताउन थालेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा आईपुग्दा जारी बीमा लेखको संख्या बढेपनि बीमा शुल्क आर्जन र दाबी भुक्तानी भने सुस्त देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्जीबन बीमा कम्पनीहरुले १६ अर्ब ३६ करोड ८४ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यो चालु आवको पहिलो त्रैमासमा ८ अर्ब ३० करोड १७ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा दोस्रो त्रैमासमा आईपुग्दा यो रकम २३ करोड ५० लाख ९७ हजार रुपैयाँले घटेको छ । दोस्रो त्रैमासमा ८ अर्ब ६ करोड ६६ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै यो अवधिमा कम्पनीहरुको दाबी भुक्तानी पनि घटेको छ । चालु आवको पहिलो त्रैमासमा ३ अर्ब ६७ करोड ४५ लाख ८९ हजार रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा आईपुग्दा ३ अर्ब ६५ करोड १९ लाख ६ हजार रुपैयाँ रहेको छ ।

तीन महिनामा निर्जीबन बीमा कम्पनीको दाबी भुक्तानी २ करोड २६ लाख ८३ हजार रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमास सम्ममा आईपुग्दा ७ अर्ब ३२ करोड ६४ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ ।

यस्तै कम्पनीहरुको जारी बीमा लेखको संख्या भने बढेको छ । चालु आवको ६ महिनामा निर्जीबन बीमा कम्पनीहरुले १५ लाख ३४ हजार २१८ वटा बीमालेख जारी गरेका छन् । जसमा चालु आवको पहिलो त्रैमासमा ७ लाख ५३ हजार २३६ वटा बीमा लेख जारी गरेका थिए ।

यस्तै दोस्रो त्रैमासमा कम्पनीहरुले ७ लाख ८० हजार ९८२ बीमा लेख जारी गरेका छन् । निर्जीबन बीमा कम्पनीहरुले सम्पती, सामुद्रिक, हवाई, मोटर, कृषि तथा बाली, लघु साथै अन्य विविध बीमा गर्दै आएका छन् ।

वि.सं.२०७७ चैत १ आइतवार १८:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...