back
NMB ad

सहकारी संस्थाहरुलाई बिन्ती गर्दा पनि कोपोमिसमा आवद्ध भएनन्ः रजिष्ट्रार शर्मा

Kumari bank ad

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार लिलाप्रसाद शर्माले सहकारी संस्थाहरुलाई हात जोडेर बिन्ती गर्दा पनि कोपोमिसमा आवद्ध हुन नमानेको बताउनु भएको छ ।

सरकारले लामो समयदेखि सहकारी संस्थाकहरुलाई कोपोमिसमा हुन् पटक पटक आग्रह गर्दा पनि नमानेको दाबी गर्नुभएको हो । सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत तथ्यांक (कोपोमिस) मा आवद्ध हुन् सहकारीले धेरै नै अटेरी गरेको भन्दै उहाँले तत्काल सहकारीलाई यसमा आबद्ध हुन आग्रह गर्नुभएको छ ।

सरकारले यो वर्ष बाग्मती र प्रदेश १ का सबै सहकारीको तथ्यांक कोपोमिसमा प्रविष्ट गर्ने योजना बनाएको छ । २ वटा प्रदेशका सहकारीको तथ्यांक राखिसकेपछि अर्को वर्ष अन्य पाँच वटा प्रदेशका सहकारीको तथ्यांक प्रविष्ट गर्ने विभागको तयारी छ । रजिष्ट्रार शर्माले सबैले जिम्मेवारी लिएमा कोपोमिस कार्यान्वयन गर्न कठिन नभएको बताउनु भयो ।

सरकारले सहकारी क्षेत्रमा केही काम गरेन भनेर आरोप लगाउने अनी विभागले गरौं भनेको काम नगरेको उहाँको तर्क छ । साथै उहाँले अहिलेको सहकारी ऐन पनि धेरै नै लिभरल भएको तर यसको निर्देशन, निर्देशिका कति कार्यान्वयन भए वा भएनन भनेर हेर्दा अवस्था तिन्ताजनक रहेको उहाँको तर्क छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले काठमाडौंको लप्सिफेदीमा आयोजना गरेको तालिम कार्यक्रमको समापनमा उहाँले अहिलेको ऐन, कानून, निर्देशनमा केही समस्या भएको खण्डमा त्यो संशोधन गर्न सकिने र भएकालाई पुर्ण रुपमा पालना गर्नुपर्ने जानकारी गराउनु भयो ।

रजिष्टार शर्माका अनुसार आगामी दिनमा सहकारी संस्थाहरुले बचत, ऋणमा मात्रै नभएर पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने बेला आएको बताउनु भयो । उहाँका अनुसार पछिल्लो समयमा सहकारी संस्थाहरु बचत तथा ऋणको कारोबारमा मात्रै आकर्षित भएको भन्दै अब त्यसले मात्रै नपुग्ने धारणा राख्नुभयो ।

केही समयअघि विभागले सहकारी संस्थाको संख्या, कर्मचारी संख्या, सहकारीले कुल ग्राहस्थ उत्पादनमा पुर्याएको योगदान लगायतका आएको तथ्याङकमा सुधार आवश्यक भएको बताउनु भयो । विभागको उक्त तथ्याङकमा केही सुधार आएको रहेको र त्यसको लागि पनि विभागले काम थाल्ने उहाँको भनाइ छ ।

देशलाई कालोसूचीबाट बचाउन सहकारीले सम्पत्ति सुद्धिकरणका नियम पालना गर्नुपर्ने रजिष्ट्रार शर्माले बताउनु भयो । १० करोड भन्दा माथिको कारोबार गर्ने सहकारीलाई गो एएमएल सफ्टवयर प्रणाली प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले नगरपालिकास्तरीय सहकारीको अध्ययन तयारी भएको जानकारी गराउनु भयो ।

१ सय ४३ वटै वडामा संयन्त्र तयार गरी सहकारीको अध्ययन गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । ‘अहिले डाटामा कन्फ्युजन छ’ उहाँले भन्नुभयो,‘काठमाडौंका सहकारीको वास्तविक तथ्यांक निकाल्न हामी अध्ययनको तयारीमा छौं’ उहाँले भन्नुभयो ।

वि.सं.२०७७ चैत २ सोमवार १२:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...