काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको साधारण सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि २९९ रुपैयाँ १ पैसा सम्म रहेको छ ।
कम्पनीको सेयर कारोबार आईपीओ सूचीकरण भएको दोस्रो दिन अर्थात मंगलबारबाट कारोबार सुरु हुनेछ । कम्पनीले कारोबारको लागि जीएलएच सिम्बोल पाएको छ ।
वि.सं.२०७७ चैत २ सोमवार १४:४६ मा प्रकाशित