back
NMB ad

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ ।

एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ ।

क्यू आर कोड हस्तान्तरण गर्नुहुँदै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिनुभयो ।

उहाँले बैँकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गर्नुभयो ।

बैँकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनिहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

साथै उहाँले एनसीसी बैँकका कर्मचारीहरुसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साट्नुभयो ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसंग बैँक तथा वित्तिय सेवा बिचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि एनसीसी बैँकको योगदान रहेको चर्चा गर्नुभयो ।

यसैगरि वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफु विगत १६–१७ वर्षदेखी बैँकको ग्राहक रहेको र अहिले आफ्नै घर आँगनमा बैँकको शाखा खुलेकोमा खुसि व्यक्त गर्नुभयो भने बैँकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै बैँकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गर्नुभयो ।

शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षा सहित सम्पुर्ण व्यवसायिहरुलाई बैँकमार्फत सेवा लिन अर्यालले अनुरोध गर्नुभयो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै, देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

शाखा विस्तार संगसंगै गुणस्तरिय वित्तिय सेवा प्रदान गर्न कटिबद्ध रहेको एनसीसी बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तिय योजनाहरु समेत निरन्तर लागु गर्दै आएको छ ।

आम नागरिकका माझ विश्वासिलो बैँकिङ सेवाको छवी स्थापित गरिसकेको एनसीसी बैँक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखी तल्लिन रहँदै आएको छ । आगामी दिनमा अझै कटिबद्ध भएर वित्तिय सेवामा लाग्ने प्रण बैँकले लिएको छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १०:२३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...