गुणस्तर विभागले निर्धारण गर्यो सिमेन्टको मापदण्ड, अक्षरको आकारदेखी बोराको रंगसम्म

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट कम्पनीको लागी नयाँ मापदण्ड तयार गरेको छ ।

विभागका अनुसार उत्पादन भएका ओपिसि सिमेन्टमा ग्रेड उल्लेख गर्नुपर्ने भएको छ । विभागका अनुसार प्याकिङमा ग्रेड उल्लेख गर्दा ग्रेडको अक्षरको आकार कम्तिमा ओपिसि लेखिएको अक्षरको अनुरुप हुनुपर्ने छ ।

साधारण पोर्टल्याण्ड सिमेन्ट ओपिडि ४३ र ५३ ग्रेड को प्याकिङको डिजाइन सम्बन्धमा ओपिसि ४३ ग्रेडको प्याकिङमा एक फन्को रिंङ बस्ने गरी मध्य भागमा ५ देखि १० सेमी सम्मको एउटा पट्टी हुनुपर्ने छ ।

यस्तै ओपिसि ५३ ग्रेडको प्याकिङमा एक फन्को रिंङ बस्ने गरी १/३ भागमा देखिने गरी ५ देखि १० सेमीसम्मको दुई वटा पट्टी हुनुपर्ने छ । बोराको पृष्ठभागको रंग भने सेतो हुनुपर्ने छ ।

२०७७ चैत्र ३ गते १४:३९ मा प्रकाशित

You can share this post!

राष्ट्र बैंकका नौ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, २ जनालाई कामु कार्यकारीको जिम्मेवारी

राष्ट्र बैंकका नौ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, २ जनालाई कामु कार्यकारीको जिम्मेवारी

Related posts