back
NMB ad

सकियो तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी, सेवा विस्तारका लागि ‘७ बुँदे सुर्खेत घोषणापत्र’ जारी

Kumari bank ad

सुर्खेत । सँस्कृति, पर्यटन, नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले होमस्टे सेवा गाउँ पर्यटनको आधार स्तम्भको रुपमा सावित भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीको सहभागीतामा सम्पन्न तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा मन्त्री ढकालले यस्तो बताउनुभएको हो ।

 उहाँले समुदायमा आर्थिक, सामाजिक र प्राकृतिक रुपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । ‘विश्वब्यापी महामारीको रुपमा रहेको कोरोनाका कारण लकडाउन पछिको रोजाई होमस्टे क्षेत्र रहेको छ’,– ढकालले भन्नुभयो– ‘स्वच्छ र सफा सुन्दर गाउँ पर्यटनले नै समुदायमा आर्थिक समृद्धि हन्छ ।’

कार्यशालामा देशभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता थियो । कार्यशालामा देशभरका ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरुलाइ सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा साँघु कोलडाँडा सामुदायिक होमस्टे (ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे (पर्सा),नागार्जुन सामुदायिक होमस्टे (काठमाडौंं), सुन्तलाबारी सामुदायिक होमस्टे (स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे (कपिलवस्तु), आफर सामुदायिक होमस्टे (सुर्खेत)र थारु सामुदायिक होमस्टे(कैलाली) रहेका छन् ।

सोही अवसरमा राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्व पर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मान गरिएको थियो ।

यसैगरी होमस्टे पर्यटनका सन्दर्भमा होसानसँग सहकार्य गर्दै आइरहेका संस्था तथा निकायहरु पर्यटन विकास आयोजना कर्णाली प्रदेश, तारा गाँउविकास समिति, नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लि., कम्यूनिटी होमस्टे डट कम, रैथाने एग्रि प्रड्क्स, गरीबी निवारण कोष, जुवलोजिकल सोसाईटी अफ लण्डन, डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय युवा परिषदबाट हुँदै आइरहेको कामको समिक्षा गर्दै आगामी दिनमा होसानसँग गर्न सकिने सहकार्यका विषयमा छलफल गरिएको थियो ।

सोही अवसरमा ‘७ बुँदे सुर्खेत घोषणापत्र’ जारी गरेको छ ।

घोषणापत्र

“ प्रकृति,संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान ” होमस्टे (घरबास) एशोसिएसन नेपालको तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी

२०७७ फाल्गुन २८, २९ र चैत्र १, विरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेशसुर्खेत घोषणा पत्र

१. देशभरका सातै प्रदेशमा सिघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने ।

२. होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहिताका लागि आवश्यक मापदण्ड तय गर्ने ।

३. होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरसँग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्ने ।

४. कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रेणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवाखुल्लागर्ने ।

५. डिजिटल मार्केटिङ्गको माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यककार्यहरु अगाडी बढाउने ।

६. देशभर संचालन हुने होमस्टे क्षमता अभिवृद्धि तालिमलाई एकरुपताका साथ संचालन गर्न पहल गर्ने ।

७. तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा निकायहरुलाई धन्यवाद ज्ञापन गर्ने ।

मितिः २०७७ चैत्र १ गते, आईतवार

वि.सं.२०७७ चैत ४ बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...