विदेशी लगानीमा दर्ता भएका उद्योग २२ %, लगानी २१.१ प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगको संख्यामा कमी आएसँगै विदेशी लगानी समेत घटेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को माघ महिनासम्ममा विदेशी लगानीमा दर्ता भएका उद्योगको संख्यामा २२ प्रतिशतले कमी आई १३१ रहेका छन् ।

मन्त्रालयका अुनसार त्यस्ता उद्योगमा कुल प्रस्तावित लगानीमा गत आवको सोही अवधिको तुलनामा १२.१ प्रतिशतले घटेर २५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा विदेशी लगानीका १६८ उद्योग दर्ता भई कुल प्रस्तावित विदेशी लगानी २८ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

अर्थ मन्त्रालयका अनुसार आव २०७६/०७७ को माघ महिनासम्म दर्ता भएका कम्पनीको संख्या १५ हजार ९७ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो संख्या १६.८५ प्रतिशतले बढेर १७ हजार ६४१ वटा पुगेको छ । विश्वब्यापी फैलिएको कोरोनाको महामारीका बाबजुद पनि आर्थिक कृयाकलापमा वृद्धि भएको छ ।

२०७७ चैत्र ५ गते १७:४६ मा प्रकाशित

You can share this post!

अधिकृतदेखि सहायकसम्म खुल्यो जागिर : स्थायी सेवाका लागि ठुलो संख्यामा कर्मचारी माग

अधिकृतदेखि सहायकसम्म खुल्यो जागिर : स्थायी सेवाका लागि ठुलो संख्यामा कर्मचारी माग

Related posts