इन्धनको मूल्य बढेसँगै फेरी बढ्यो हवाई भाडा, कुन रुटको कति ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा बढेको जानकारी गराएको छ ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । निगमले इन्धनको मूल्य बढाएसँगै नागरिक उड्डयन प्राधिकरणकोे स्वीकृतिमा संघले नयाँ भाडादर सार्वजनिक गरेको छ ।

संघले विभिन्न १०० वटा गन्तव्यका लागि ५ रुपैयाँदेखि ९० रुपैयाँसम्म हवाई भाडा बढेको जनाएको छ । सबैभन्दा कम डोटी-साँफेबगर रुटको लागि २० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको लागि ९० रुपैयाँ नयाँ भाडादर कायम भएको छ ।

२०७७ चैत्र ७ गते १२:४३ मा प्रकाशित

You can share this post!

उद्योग व्यवसायको हितमा कानुन सुधार गर्न संसद अधिवेशन नबसे अध्यादेश ल्याउँछुः प्रधानमन्त्री ओली

उद्योग व्यवसायको हितमा कानुन सुधार गर्न संसद अधिवेशन नबसे अध्यादेश ल्याउँछुः प्रधानमन्त्री ओली

Related posts