back
NMB ad

दोस्रो बजारमा सकृय सेयर लगानीकर्ता सवा ६ लाख, ५ लाखले लिए अनलाइन सेवा

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या निकै बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अनलाइनको यूजरनेम र पासवर्ड लिने सेयर लगानीकर्ताको संख्या ४ लाख ९९ हजार ६९३ जना पुगेका छन् ।

जसमा अनलाइनबाटै सेयर कारोबार गर्ने सकृय लगानीकर्ताको संख्या २ लाख ४३ हजार ३४८ जना रहेका छन् । नेप्सेका अनुसार ६ लाख २७ हजार ६६२ जना लगानीकर्ता सेयर बजारमा सकृय रहेका छन् । सकृय लगानीकर्तामा अनलाइन अफलाइन दुवै समावेश गरिएको छ ।

नेप्सेका अनुसार सबैभन्दा बढी नाशा सेक्युरिटिजबाट ४८ हजार ४१३ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । त्यस्तै सानी सेक्युरिटिजबाट ३० हजार ८५६ जना, मिदास स्टक ब्रोकिङ कम्पनीबाट २३ हजार ६०५ जना, भिजन सेक्युरिटीजबाट २१ हजार २०९, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट २० हजार ६९६ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । सबैभन्दा थोरै सगरमाथा सेक्युरिटिजबाट ८७१ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएको नेप्सेको भनाइ छ ।

विश्वब्यापी रुपमा सुरु भएको कोरोनाको महामारीपछि सेयर कारोबार अनलाइनबाट गर्ने क्रम निकै बढेको छ । तत्कालिन समयमा ब्रोकर कार्यालय नखुल्ने भएका कारण घरबाटै अनलाइन कारोबार गर्नु पर्ने भएकोले अनलाइनको यूजर नेम र पासवर्ड लिनेको संख्या निकै बढेको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...