काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको उछाल आउनुका साथै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।
केही समय यता इन्डेक्स घटबढ हुँदा पनि कारोबार रकम भने घटिरहेको थियो । तर आइतबार इन्डेक्स सँगै कारोबार रकम पनि बढेको छ ।
नेप्से मापन गर्ने सूचक ६३.३८ अंकले बढेर परिसूचक २५३८.४६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.४४ अंकले बढेर ४५३.५९ बिन्दुमा रोकिएको छ ।
२०६ कम्पनीको १ करोड २४ लाख ३० हजार कित्ता सेयर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ ।
कारोबारमा बैंकिङ समूहको २६.५२, निर्जीबन बीमा ५६१.३४, उत्पादन तथा प्रशोधन १७२.८८, माइक्रोफाइनान्स २४६.६, जीवन बीमा समूहको उपसूचक ७४२.७६ बिन्दुमा रोकिएको छ ।
कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ ।
वि.सं.२०७७ चैत ८ आइतवार १४:५८ मा प्रकाशित