back
NMB ad

६ हजार ५ सय रुपैयाँले सस्तियो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले सस्तिएको छ ।

चालु आवको पहिलो महिनाको पहिलो कारोबार दिनदेखि फागुन अन्त्यसम्म आउँदा छापावाला सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा साउन महिनाको पहिलो कारोबार दिन ९२ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ फागुन मसान्त (फागुन २८ गते) सम्म आउँदा ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साउन महिनामै सुनको मूल्य उर्लिएर ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त महिनामा छापावाला सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कटेको थियो । महासंघका अनुसार साउन २३ गते सुनको भाउ १ लाख १ हजार ४ सय रुपैयाँ कायम भई नयाँ रकर्ड बनाएको हो ।

उक्त महिनामा लगातार पाँच कारोबार दिन सुनको भाउ एक लाखभन्दा तल आएन । साउन २१ गतेदेखि २७ गतेसम्म एक लाख रुपैयाँकै वरिपरी कारोबार भएको महासंघले जनाएको छ ।

हालसम्म सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँ (साउन २३ गते) पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । त्यसपछि विस्तारै ओरालो लाग्न थालेको हो । यसक्रममा फागुन अन्त्यसम्म आउँदा ८६ हजार २ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

त्यसैगरी पछिल्लो आठ महिनामा चाँदीको मूल्य २ सय ६५ रुपैयाँले वृद्धि भएको छ । चालु आवको पहिलो महिनाको पहिलो कारोबार र फागुन मसान्तसम्मको तुलनामा चाँदीको भाउ २ सय ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

साउन गतेका दिन तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ फागुन अन्त्यसम्म आउँदा १२ सय ७० रुपैयाँ पुगेको छ ।

यसैविच आज (चैत ८ गते) साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला ८६ हजार ७ रुपैयाँमा किनबेच भएको थियो । आज तेजावी सुनको मूल्य ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज प्रतितोला ५ रुपैयाँले वृद्धि भएको चाँदीको भाउ १२ सय ८० रुपैयाँ छ । शुक्रवार तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...