back
NMB ad

यामाहाको रे जेट आर र फ्यासिनो १२५ एफ आई मोडलका स्कुटरमा के छ विशेषता, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले विशेष सुविधासहितका दुई नयाँ स्कुटर बजारमा ल्याएको छ । यामाहाले रे जेट आर १२५ एफआई र फ्यासिनो १२५ एफआई मोडलका नयाँ स्कुटर नेपालमा लन्च गरेको हो ।

नेपालमा एफआई इन्जिनको पहिलो स्कुटर यामाहाले लन्च गरेको थियो । यी स्कुटर नेपाली बजारमा अत्याधिक रुचाइएको कम्पनीको दाबी छ । अहिले नेपाली बजारमा यसको माग उच्च रहेको कम्पनीको दाबी छ । कम्पनीले यसवर्ष नै बजारमा ल्याएको रेजेटआर १२५ (एफआई टेक्नोलोजी विएस सिक्स) स्कुटरको माग पनि अत्याधिक भएको यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएमडब्लु इन्टरप्राइजेजका विक्री प्रवन्धक राम बोगटीले बताउनुभयो ।

एफआई टेक्नोलोजी नेपालमा २००८ सालमा लन्च भएको हो । यामाहा मोटरसाइकल तथा स्कुटरहरु एफआई टेक्नोलोजीमा आइरहेका छन् । एफआई र यामाहा पर्यावाची जस्तै रहेको उहाँको तर्क छ । एफआई टेक्नोलोजीकै कारण यामाहा सफल भएको प्रवन्धक बोगटीले बताउनुभयो । उहाँका अनुसार एफआई स्कुटर ग्राहकको रोजाईमा रहेको र अत्याधिक मात्रा माग हुने गरेको छ । अहिले यामाहाले रेजेटआर १२५ (एफआई र डिक्स) दुई स्कुटर ल्याएको हो ।

रे जेटआर १२५ एफआई

रे जेटआर १२५ नेपालमा अहिलेसम्मकै उत्कृष्ट फिचरसहितको स्कुटर भएको कम्पनीको दाबी छ । स्कुटरको क्षेत्रमा यो एक नम्बर माइलेज र उत्कृष्ट फिचर छ । रेजेटआर १२५ एफआई बिएस–भिआईलाई २ लाख ६१ हजार ९ रुपैयाँ पर्छ । त्यस्तै, फ्यासिनो १२५ एफआई बिएस २ लाख ५६ हजार ९ सय रुपैयाँ पर्छ। यसले माइलेज र पिकअप राम्रो दिन्छ ।

डिजिल डिसप्ले रहेको यस स्कुटरको विशेष सुविधा भनेको ट्राफिक जाममा स्कुटर रोकिदाँ पनि आफै स्टार्ट बन्द हुने र स्टार्ट गर्नुपरेमा एक्सिलेटर बढाए मात्रै पुग्छ । जसका कारण इन्धन समेत खपत हुनेछ । स्टार्ट पनि एकदम स्मूथ रहेको छ भने बिना आवाज नै स्टार्ट गर्न सकिन्छ । यसको साइट स्टेण्ड कटअप स्वीच पनि छ । जसले दुर्घटनाकोे खतरा बाट पनि बचाउँछ ।

वि.सं.२०७७ चैत १० मंगलवार १६:३५ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...