आठ महिनामा ९ लाख मास्क निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो आठ महिना ४ करोड रुपैयाँ बराबरको मास्क निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुनमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार कोरोना कहर शुरु भएपछि शुरुवाती समयमा माग उच्च भएपछि कृत्रिम अभाव र कालोबजारी गरिएको मास्कको निर्यात हुन थालेको हो ।

विभागकाअनुसार यस अवधिमा नेपालबाट भारत, भुटान, फ्रान्स, जर्मनी, जापान, सिङ्गापुर, स्वीट्जरल्याण्ड, अमेरिका, बेलायत र अमेरिकामा मास्क निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पहिल्लो आठ महिनाको अवधिमा नेपालबाट ४ करोड रुपैयाँ बराबरको करिब ९ लाख मास्क नेपालबाट निर्यात भएको विभागले जनाएको छ ।

कोरोनापछि नै केही व्यवसायीहरुले नेपालमै मास्क उत्पादन शुरु गरेसंगै निर्यात हुन थालेको हो ।

२०७७ चैत्र ११ गते १२:५२ मा प्रकाशित

You can share this post!

बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

Related posts