back
NMB ad

व्यवसाय विस्तारमा आक्रमक बने जीवन बीमा कम्पनीः एकै महिनामा बीमा शुल्क साढे ७ अर्बले बढ्यो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार तिब्र रुपमा भएको देखिएको छ । कोरोनाको संक्रमण हटेसँगै जीवन बीमा कम्पनीको व्यवसाय तिब्र रुपमा अघि बढेको तथ्याङकले देखाएको छ ।

बीमा समितिको तथ्याङक अनुसार पुराना कम्पनीको तुलनामा नयाँ कम्पनीहरु व्यवसाय विस्तारमा आक्रमक रुपमा प्रस्तुत भएका छन् । फागुन महिनासम्ममा संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले ८२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

माघ महिनामा जीवन बीमा कम्पनीले ७४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए, यो रकम अहिले ७ अर्ब ६५ करोड रुपैयाँले बढेर ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले फागनु महिनासम्ममा प्रथम बीमा शुल्क २८ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेका छन भने नविकरण बीमा शुल्क ५३ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेका छन् । वैदेशिक रोजगार बीमा शुल्कबाट जम्मा ३२ करोड रुपैयाँ मात्रै आर्जन गरेका छन् ।

चालु आवको ८ महिनामा बीमा कम्पनीले ८१ लाख ८७ हजार ९६८ वटा बीमा पोलिसी जारी गरेका छन् । यस्तै वैदेशिक रोजगार बीमा लेखको संख्या ७ लाख २३ हजार ८१७ रहेको छ । यो अवधिमा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी पहिलो नेपाल लाइफ इन्स्योरेन्स बनेको छ । इन्स्योरेन्सले २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफ पछि लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले १० अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सरकारी स्वामित्व भएको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५२ करोड, मेट लाइफले ३ अर्ब ५१ करोड, एशियन लाइफले ४ अर्ब ४ करोड, सूर्या लाइफले २ अर्ब ९६ करोड, गुँरास लाइफले २ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै प्राइम लाइफले २ अर्ब ७५ करोड, आइएमई लाइफले १ अर्ब ६१ करोड, यूनियन लाइफले ४ अर्ब ६७ करोड, ज्योती लाइफले १ अर्ब ९९ करोड, रिलायन्स लाइफले १ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता रिलायबल लाइफले १ अर्ब ९५ करोड, सिटिजन लाइफले २ अर्ब ७ करोड, सानिमा लाइफले १ अर्ब २६ करोड, प्रभु लाइफले ८९ करोड र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

वि.सं.२०७७ चैत ११ बुधवार १६:३६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...