back
NMB ad

यामाहाले ल्यायो दुई नयाँ स्कुटर : यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले विशेष सुविधासहितका दुई नयाँ स्कुटर बजारमा ल्याएको छ । यामाहाले रे जेट आर १२५ एफआई र फ्यासिनो १२५ एफआई मोडलका नयाँ स्कुटर नेपालमा लन्च गरेको हो ।

नेपालमा एफआई इन्जिनको पहिलो स्कुटर यामाहाले लन्च गरेको थियो । यी स्कुटर नेपाली बजारमा अत्याधिक रुचाइएको कम्पनीको दाबी छ । अहिले नेपाली बजारमा यसको माग उच्च रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यसवर्ष नै बजारमा ल्याएको रेजेटआर १२५ (एफआई टेक्नोलोजी विएस सिक्स) स्कुटरको माग पनि अत्याधिक भएको यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएमडब्लु इन्टरप्राइजेजका विक्री प्रवन्धक राम बोगटीले बताउनुभयो ।

एफआई टेक्नोलोजी नेपालमा २००८ सालमा लन्च भएको हो । यामाहा मोटरसाइकल तथा स्कुटरहरु एफआई टेक्नोलोजीमा आइरहेका छन् । एफआई र यामाहा पर्यावाची जस्तै रहेको उहाँको तर्क छ ।

एफआई टेक्नोलोजीकै कारण यामाहा सफल भएको प्रवन्धक बोगटीले बताउनुभयो । उहाँका अनुसार एफआई स्कुटर ग्राहकको रोजाईमा रहेको र अत्याधिक मात्रा माग हुने गरेको छ । अहिले यामाहाले रेजेटआर १२५ (एफआई र डिक्स) दुई स्कुटर ल्याएको हो ।

रे जेटआर १२५ एफआई

रे जेटआर १२५ नेपालमा अहिलेसम्मकै उत्कृष्ट फिचरसहितको स्कुटर भएको कम्पनीको दाबी छ । स्कुटरको क्षेत्रमा यो एक नम्बर माइलेज र उत्कृष्ट फिचर छ । रेजेटआर १२५ एफआई बिएस–भिआईलाई २ लाख ६१ हजार ९ रुपैयाँ पर्छ । त्यस्तै, फ्यासिनो १२५ एफआई बिएस २ लाख ५६ हजार ९ सय रुपैयाँ पर्छ। यसले माइलेज र पिकअप राम्रो दिन्छ ।

डिजिल डिसप्ले रहेको यस स्कुटरको विशेष सुविधा भनेको ट्राफिक जाममा स्कुटर रोकिदाँ पनि आफै स्टार्ट बन्द हुने र स्टार्ट गर्नुपरेमा एक्सिलेटर बढाए मात्रै पुग्छ । जसका कारण इन्धन समेत खपत हुनेछ । स्टार्ट पनि एकदम स्मूथ रहेको छ भने बिना आवाज नै स्टार्ट गर्न सकिन्छ । यसको साइट स्टेण्ड कटअप स्वीच पनि छ । जसले दुर्घटनाकोे खतरा बाट पनि बचाउँछ ।

वि.सं.२०७७ चैत ११ बुधवार १६:५२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...