सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १७१ औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चक्ता पुँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १३ करोड बराबरको बोनस सेयर जारी गर्न तथा ३.७८ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले दिन लागेको १५.७८ प्रतिशत लाभांश बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

२०७७ चैत्र १२ गते १०:०९ मा प्रकाशित

You can share this post!

ललिता निवासमा निर्माण भएका घर टहरा तत्काल हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

ललिता निवासमा निर्माण भएका घर टहरा तत्काल हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

Related posts