back
NMB ad

एफटीटीएच इन्टरनेटमा आक्रमक बन्दै नेपाल टेलिकम : अब ३० जिल्लामा पुग्न बाँकी, कहाँ कति ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा चलाउन मिल्ने ‘फाइबर टु दि होम’ (एफटीटीएच) मा आधारित इन्टरनेट सेवा विस्तार तिव्ररुपमा गरिरहेको छ ।

टेलिकमले उक्त सेवालाई ७७ जिल्लाकै सबै स्थानहरुमा पुर्याउने योजनासहित तीव्र रुपमा काम गरिरहेको छ ।अब ३० जिल्लामा पुग्न बाँकी छ ।

प्रविधिको विकाससँगै टेलिकमले पुरानो प्रविधिमा रहेका ग्राहकलाई एफटीटीएचमा स्थानान्तरण गरिरहेको बताएको छ ।टेलिकमले तामाका तारबाट चलेको पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको विकास गरिरहेको छ ।

फागुनको मसान्तसम्म एफटीटीएच इन्टरनेट सेवाका ग्राहक २ लाख ३ हजार ११० जना पुगेको टेलिकमले जनाएको छ ।ग्राहकमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । उक्त प्रदेशमा १ लाख ३ हजार ४३३ जना रहेका छन् । सबैभन्दा कम ग्राहक कर्णाली प्रदेशमा ४ हजार ९२१ जना पुगेका छन् ।

त्यसैगरि लुम्बिनीमा २६ हजार ९४७ जना र गण्डकी प्रदेशमा २५ हजार २३ जना, प्रदेश १ मा २१ हजार २७०, सुदूरपश्चिममा ११ हजार ३४९, प्रदेशमा २ मा ८ हजार ११ जना रहेको टेलिकमले जनाएको छ ।

एफटीटीएच सेवामा ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको र यसका विकास पनि तीव्र भइरहेको टेलिकमले जनाएको छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गरिन्छ । जसले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...