जोगियो बीमा समितिका अध्यक्ष सिलवालको कार्यकाल, प्राधिकरणमा पनि निरन्तरता पाउने

काठमाडौं । बीमा समिति प्राधिकरण बनेपछि पनि समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको पदावधी कायम रहने भएको छ ।

बीमा ऐनलाई संशोधन गर्न बनेको विद्येकमा छलफलको क्रममा समिति प्राधिकरण बनेपछि पनि वर्तमान अध्यक्ष तथा संचालक प्राधिकरणमा कायम रहने भएका छन् ।

पहिला समितिका बहालवाला अध्यक्ष तथा सञ्चालक प्राधिकरणमा नरहने गरी मस्यौदा तयार पारेको थियो । समिति प्राधिकरण बनेपछि अध्यक्ष तथा सञ्चालक स्वतः फेरफेर हुने व्यवस्था परिवर्तन भएको छ ।

अर्थ समितिमा भएको छलफलमा त्यो व्यवस्थालाई संसोधन गर्दै अध्यक्ष, संचलाक तथा कर्मचारी आफुनो कार्यअवधि रहेसम्म प्राधिकरणमा रहन पाउने व्यवस्था गरिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलपछिमा राजस्व सचिव रामशरण पुडासैनीले हालका अध्यक्ष तथा सञ्चालक पदावधि रहेसम्म प्राधिकरणमा पनि रहने बताउनुभयो ।

२०७७ चैत्र १२ गते १४:०९ मा प्रकाशित

You can share this post!

फेरि १२ करोड बराबरको नयाँ आईपीओ आउँदै

बैंक बिदा सम्वन्धी राष्ट्र बैंकले सार्वजनिक गर्यो यस्तो सूचना !

Related posts