back
NMB ad

भविष्य बनाउने हो भने इतिहास बिर्सनु हुँदैन: सिइओ अनिल केशरी शाहको बिचार

Kumari bank ad

अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत (सिइओ), नबिल बैंक

केही महिना अघि मलाई एक जना नेपालीले नेपाली खाना भनेको यस्तो पनि हुन्छ है भनेर देखाउनुभयो । अहिलेसम्म हामीले धेरै फ्रेन्च, कन्टिनेन्टल, जापनिज रेस्टुरेन्टमा गएर खाना खायौ । खाना खाँदा कस्तो चिटिक्क जस्तो लाग्ने । नेपालीको खाना सामान्यतया एकै खालको हुने गर्छ ।

मलाई बेला बेलामा लाग्ने गर्दथ्यो की, नेपाली खाना पनि त्यस्तो भए कस्तो हुन्थ्यो होला । मग मग बास्ना आउने, हेर्दा पनि सुन्दर कला जस्तो हुने खालको नेपाली खाना कहिले होला ? भन्ने लाग्दथ्यो ।

मैले एक पटक टेलिभिजनमा देखे की एक जना नेपाली छोराले बनाएको खाना, अनि उहाँको कला । त्यो देखेर हामी सबैले उहाँले त्यो प्रतियोगिता जित्नुहोस् भनेर धेरै कामना गर्‍यौ । पछि हामीले यो मान्छे को रहेछ, कुन ठाउँको रहेछ, उहाँले कुन ठाउँमा गएर अध्ययन गर्नु भएको रहेछ भनेर हामीले अध्ययन गर्‍यौ । जब उहाँले आफ्नो लगनशीलताकै कारण सानो उमेरमा, धेरै ठुलो रिस्क लिएर अघि बढेको थाहा भयो । धेरै मानिसले मलाई हेरेर भन्नुहुन्छ, ‘ओहो अनिल जी, तपाई जस्तो मेरो छोरा छोरी हुनुपर्‍यो ।’

म भन्छु, ‘मैले के गरे ? स्कुल गए, बिबिए गरेँ, एमबिए गरेँ । एउटा उद्देश्य लिएर आएँ । एउटा बैङ्कमा जागिर खाएँ । र, जागिर खाँदा खाँदै यहाँसम्म पुगे । म अरूले बनाइसकेको बाटोमा हिँडे । हो अलि चाँडो हिँडे होला, कुनै बेला अलि ढिलो हिँडे होला तर बाटो त मैले बनाइन नि । तर आजको सेफ सन्तोष शाह यस्तो व्यक्ति हुनुहुन्छ की उहाँले आफूले बनाएको गोरेटो बाटोमा हिँडेर विश्वभर नेपालको राम्रो पक्ष के छ भनेर चिनाउनु भएको छ ।

मान्छेको पढेर भविष्यमा डाक्टर, इन्जिनियर बन्ने चाहना हुन्छ, सन्तोष त्यो बाटोमा हिँड्नु भएन । उहाँ आफ्नो मनको बाटोमा हिँड्नु भयो । उहाँ आफ्नो सपना साकार कसरी गर्ने भनेर सपनाको बाटोमा हिँड्नु भयो । उहाँ आफ्नो कामप्रति लजाउँदिन भन्नुहुन्छ । म जहाँबाट आए त्यो माटोको धेरै माया छ । त्यही माटो, पानीले गरेर आज म यहाँ पुगेको छु ।

मैले धेरै नेपाली भेटेको छु, उहाँहरूले इतिहासको कुरा गर्नुहुन्न, आजको कुरा गर्नुहुन्छ र भविष्यको कुरा गर्नुहुन्छ । कहिलेकाहीँ मलाई लाग्छ उहाँहरू इतिहासबाट लजाउनु हुन्छ की भन्ने लाग्छ । सन्तोषलाई देख्दा लाग्यो की उहाँमा म यो ठाउँबाट आए वा त्यो गाउँबाट आए भन्नमा धेरै गौरव छ । त्यो मेरो इतिहास हो भनेर भन्नुहुन्छ ।

नेपाली भनेको त त्यो पनि हो की । किनभने हाम्रो देश विश्वमा चिनिने भनेको कै इतिहासले गर्दा हो । हाम्रो बाउ, बाजे, बराजुहरूले जुन मन्दिर, स्तुपा, दरबार, ढुंगेधारा बनाउनु भयो । नेपालमा संसारभरका मानिस त्यही हेर्न आउने गरेका छन् । हामी हाम्रो इतिहासबाट व्यक्तिगत रूपमा किन लजाउने त ? म उहाँबाट धेरै नै प्रभावित भएको छु ।

मैले जहिले पनि भन्छु,‘कुनै पनि देशको भविष्य भनेको त्यो देशको युवाहरू हो ।’ कुनै पनि देशको भविष्य त्यो दिन कालो हुन्छ, जुन दिन त्यो देशमा युवाहरूले आफ्नो भविष्य देख्दैनन् । जब युवाहरू देशमा होइन विदेशमा पसिना बगाउँछु, बुद्धि प्रयोग गर्छु भन्छन् नि अनि त्यो देशको भविष्य कालो हुन्छ । हाम्रो देशमा धेरै अन्धकार छ । त्यो अन्धकारमा उज्यालो ल्याउने केही व्यक्ति पनि हुनुहुन्छ ।

हामीले आज जसलाई नबिल हिरो भनेर सम्मान गरिरहेका छौँ, उहाँ पनि त्यस्तै झलझली बलिरहेको बत्ती हो । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ उज्यालो फैलाउनु हुन्छ । युवाहरूमा आशाको दीप जलाउनु हुन्छ । उहाँले युवाहरूलाई अरूले जे गरेको छ त्यो मात्रै गर्नुपर्दैन, हामी फरक केही गर्न सक्छौँ र त्यो गर्‍यौ भने सक्षम मात्रै होइन खुसी पनि हुन्छु भनेर भित्रै बाट सोच जगाउनु भएको छ । उहाँ युरोप अमेरिकामा पनि बस्न सक्नुहुन्थ्यो होला तर उहाँ नेपालमा नै किन फर्कनु भयो होला । मेरो नेपालमा खानाको इतिहास जोडिएको छ ।

बैङ्किङमा भनेको २७ वटा वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी छन् । हजारौँ मानिस बैङ्कमा काम गरिरहनु भएको छ । तर पर्यटन क्षेत्र भनेको नेपालमा अर्थतन्त्रमा मेरुदण्ड नै हो । पर्यटनले गर्दा हरेक नेपालीको घरको चुल्हो बल्छ । नेपालमा पर्यटन मन्दिर, गुम्बा, डाँडाकाँडा हेर्न, गैँडा हेर्न आउने गर्दछन् । विश्वका कतिपय मानिस अर्को देशमा खाना खान जाने गरेका छन् । नेपालमा आउने पर्यटकले पनि अब नेपाली खाना खान पाउनु पर्छ । पहिला भएका खानाका परिकार पनि रहनुपर्छ । अबका युवामा नयाँ सोच आइरहेको छ । उहाँले नयाँ पुस्ताको दिमागमा बत्ती बालिरहनु भएको छ ।

(सिइओ, शाहले सेफ सन्तोष शाहलाई बैङ्कले सम्मान गर्न आयोजित कार्यक्रममा व्यक्त गरेको मन्तव्य)

वि.सं.२०७७ चैत १३ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...