उपत्यकामा बढ्यो वायु प्रदूषणः घर बाहिर ननिस्कन, सवारी साधन नचलाउन आग्रह

काठमाडौं । अचानक मौसममा आएको परिवर्तनसँगै सरकारले उपत्यबाबासीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

उपत्यकामा बढेको वायु प्रदुषणले स्वासप्रश्वासमा कठिनाइ हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाबासीलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयले घरबाहिर खुलास्थानमा बनस्न, नखेल्न, बिहान हिडन, शारीरिक व्यायाम गर्ने गरिएको छ भने ततत्कालका लागि रोक्न घरमै बसेर ब्यायाम गर्न, बालबालिका, दिर्घरोगी, जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेको छ । घर बाहिर निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि मत्रालयले अपिल गरेको छ ।

यस्तै फोहोर नजलाइ उचित व्यवस्थापन गर्न, धुलो धूँवा उडने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनको लागि स्थगित गर्न वा कम हुने व्यवस्था गर्न समेत आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक नभई सवारी साधन नचलाउन समेत आग्रह गरेको छ ।

२०७७ चैत्र १४ गते ११:१० मा प्रकाशित

You can share this post!

होलीको दिन पनि आरटीजीएस सेवा संचालन हुने

टेलिकमको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

Related posts