भोलि आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । भोलि अर्थात चैत १७ गते आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने अन्तिम दिन रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ८ दशमलव ८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजन र लाभांश वितरणको लागि सेयरधनीदर्ता पुस्तिका चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेसँगै भोलिसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

लाभांश पारितका लागि कम्पनीले चैत ३१ गते साधारणसभा गर्दैछ ।

२०७७ चैत्र १६ गते १४:२० मा प्रकाशित

You can share this post!

किन्ने होइन त नेपाल बैंकको ४ लाख ६८ हजार कित्ता सेयर ? भोलि आवेदन दिने अन्तिम मिति !

किन्ने होइन त नेपाल बैंकको ४ लाख ६८ हजार कित्ता सेयर ? भोलि आवेदन दिने अन्तिम मिति !

Related posts