back
NMB ad

पहिलो डोज जुन कम्पनीको भ्याक्सिन लगाएको, दोस्रो डोज त्यही : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । छिमेकी मित्रराष्ट्र चिनले नेपालका ८ लाख डोज कोभिड १९ विरुद्धको खोप प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनका राजदुत हउ यान्छीले उक्त खोपसम्बन्धी दस्तावेज नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चिनबीचको मैत्री सम्बन्ध थप सृदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान गरेको बताउनुभयो । चिनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’को नीतिमा अघि बढेकोसमेत बताउनुभयो ।

हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले खरिदका लागि समेत सरकारले तयारी गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले कोभिड विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताउनुभयो । केही व्यक्तिबाट दोस्रो डोज फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सृजना गर्ने ढंगले टिप्पणीहरु हुन थालेको तर्फ प्रधानमन्त्रीको संकेत थियो । ‘सरकारले दुईवटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत हउ यान्छीले खोप हस्तान्तरण चिनियाँ राष्ट्रपति सि सिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताउनुभयो ।

साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिवद्धताको प्रतिकसमेत भएको धारणा उहाँको थियो । चिनिया पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड १९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कोरोना प्रकोपको सामान्यिकरण सँगै विकास योजना लगायत नेपाल र चिनबीचका दुई पक्षीय सम्बन्धका विविध आयामहरुले गति लिने विश्वास पनि उहाँको थियो ।

वि.सं.२०७७ चैत १६ सोमवार १६:०३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...