back
NMB ad

अनुदान र पर्याप्त ऋण परिचालनले मात्रै पूर्वाधार निर्माण सम्भव छ : उपाध्यक्ष प्रा. डा. कडेल [अन्तर्वार्ता]

Kumari bank ad

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कडेल

देशको पछिल्लो विकास क्रमलाई कसरी हेर्नुभएको छ ? 

राष्ट्रिय योजना आयोगले १५ औँ योजना तयार पारेको छ । १५ औँ योजना कार्यान्वयनको चरणमा छ । हामीले १५ औँ योजनालाई नै आधार बनाएर आफ्ना गतिविधिहरूलाई सञ्चालन गरेका छौँ । विभिन्न मन्त्रालयहरूलाई सहजीकरण पनि गरिरहेका छौँ । १५ औँ योजनाले भौतिक पूर्वाधारका क्षेत्रका साथै राष्ट्रिय गौरवका आयोजनालाई बढी केन्द्रित गरेको । चालु हालतमा रहेका कतिपय आयोजनाहरूलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने योजना छ भने भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सोही अनुसार अघि बढाउने योजना रहेको छ ।

अहिलेसम्म सामाजिक पूर्वाधारको क्षेत्रमा हाम्रो लगानी अलि कम थियो, त्यो त्यति प्राथमिकतामा परेको थिएन । अहिले भौगोलिक हिसाबले विकट रहेका पहाडी भूभागमा भौतिक पूर्वाधार पु¥याउनु पर्ने, यातायातको अत्यन्त न्यून भएका क्षेत्रलाई धेरै प्राथमिकतामा राखेर सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको वडासम्म नै सडक निर्माणको कामलाई तीव्रता दिएका छन् ।

अझनै पनि बजेट विनियोजन हुने बित्तिकै बाटो खन्ने, डाँडाँ भत्काउने परम्परा कायमै छ, यस्तो विकास कहिलेसम्म हुन्छ ?

योजनाबद्ध हिसाबले जाँदा पनि आवश्यकता सडकमै देखिएको छ । त्यसमा हामी एक हिसाबले गई रहेका थियौँ । कोरोनाका कारणले गर्दा अलिकति डिरेक्सन चेन्ज गरिदियौँ । हामीले १५ औँ योजनामा पनि विकास भनेको  भौतिक पूर्वाधार मात्रै होइन सामाजिक पूर्वाधार पनि हो ।

हामीले यसमा ध्यान दिन जरुरी छ । शिक्षा, स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । संविधानले हामीलाई समाजवाद उन्मुख अर्थ व्यवस्थामा जाने भनेको छ, त्यस हिसाबले हामी अगाडि बढेका छौ । संविधानको मर्म अनुसार नै अघि बढ्नु पर्ने बेला हो यो ।

कोरोनापछि अहिलेको अवस्था कस्तो छ ?

कोरोनाले गर्दा हामीलाई पहिले गाँसमा नै ढुङ्गा भयो । गत वर्ष फागुन १९ गते हामीले १५ औँ योजना पास ग¥यौँ । चैत्र ११ देखि लकडाउन सुरु भयो । आर्थिक वर्ष २०७६/७७, २०७७/७८ पनि प्रभावित भयो । त्यस कारणले गर्दा हामीले सोचे जस्तै हिसाबले १५ औँ योजना अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेका छैनौ । अहिले हामी यसलाई पुरानो लयमा फर्काउने क्रममा छौँ । अब अर्थतन्त्रलाई भिसेप दिनुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ ।

अहिले पूर्वाधार निर्माण, अधुरा रहेका आयोजनाहरू, ठुला-ठुला आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेको छ । मेलम्चीको पानी काठमाडौँमा आइसकेको छ । यसको वितरण पनि सुरु भइसकेको छ । यसले एक खालको सफलता पनि मिलेको छ । अरू राष्ट्रिय गौरवका आयोजनाहरू, ठुला–ठुला पूर्वाधारहरूका काम  सम्पन्न गर्न तीर हाम्रो विशेष जोड रहेको छ । तामाकोशीलाई छिटो सिध्याउनु प¥यो भनेर हामी पहल गरिरहेका छौँ । आवश्यक साधन र स्रोत दिई पनि रहेका छौँ । समय समयमा त्यहाँ निरीक्षण भइरहेको छ ।

अहिले पूर्वाधार निर्माण, अधुरा रहेका आयोजनाहरू, ठुला-ठुला आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू, ठुला-ठुला पूर्वाधारहरूका काम  सम्पन्न गर्न तीर हाम्रो विशेष जोड छ 

 

आयोगले तयार पारेका योजनाहरूलाई पूर्णता दिन स्रोतको जटिलता कतिको देख्नुहुन्छ ?

हाम्रा विकासका आकाङ्क्षाहरू, विकासका चाहनाहरू, हामीले सुरु गरेका परियोजनाहरूले माग गर्ने स्रोत र हामीले परिचालन गर्न सक्ने अहिलेको क्षमतामा केही विरोधाभास देखिएको छ ।

हाम्रा चाहना धेरै छन् तर हामीसँग साधन, स्रोत सीमित छ, त्यो एउटा समस्या मैले देख्छु । अहिले फोकस चैँ मध्ये पहाडी लोक मार्ग र हिमाली लोक मार्गमा रहेको छ । यिनीहरूलाई छिटोभन्दा छिटो दुई वर्ष भित्र पुरा गर्नुपर्नेछ । त्यसमा अलि जोड दिनु¥यो भनेर म आफै फिल्डमा पनि हेर्न गए । त्यहाँ रिसोर्स नपुगेको देखियो । बिल पठाई सक्यौँ तर त्यसको भुक्तानी आएन, त्यसले गर्दा काम गराउन गाह्रो भयो भन्ने गुनासो रहेको पाइयो । फिल्डमा भएको काम हेर्दा योजना राम्रो तर काम हचुवाको भरमा भए जस्तो देखिएको छ ।

तथापि आयोगले किन गरेन भन्ने पनि प्रश्न उठ्ने गरेको छ । योजना आयोगको पनि आफ्नो कमजोरी छ । सम्बन्धित मन्त्रालयबाट जुन कार्यक्रमहरू आउँछन्, परियोजनाहरू आउँछन्, त्यसमा काम कारबाहीको तौर तरिकाको प्लानिङ नहुने अनि कहीँ बढी हुने, कहीँ घटी हुने गरेको छ ।  हामीले अहिले एल.एम.बि.आई.एस. सिस्टमबाट गएका छौँ ।

कहिले काहीँ स्रोत अभाव भएको जस्तो कुदौँ रहेछ तर त्यस्तो साँच्चै स्रोत अभाव भएको चैँ होइन । राष्ट्रिय गौरवका आयोजना र ठुला ठुला रूपान्तरणकारी आयोजनाको लागि अर्थ मन्त्रालयले पनि स्रोत दिई रहेको देखिन्छ । केही केही अर्थ मन्त्रालयको बुझाई र केही सम्बन्धित विषयगत मन्त्रालयहरूको बुझाइमा अन्तर रहेको देखिन्छ ।

अर्थ मन्त्रालय अलि बढी नियन्त्रणमुखी निकाय पनि हो भने सहजीकरण गर्ने पनि हो । अहिले हेर्दा नियन्त्रणमुखी अलि बढी भयो कि भन्ने खालको स्थिति देखिने गरेको छ । मन्त्रालयहरूमा केही समस्या देखिन्छन् । बजेट बनाउँदा जति होमवर्क गर्नुपर्ने हो, त्यो होमवर्क नगर्ने, प्लानिङ डिभिजनहरूले काम नगर्ने जस्ता कारणले गर्दा हचुवा हुने गरेको ।

भइरहेको सिस्टमलाई अलि थपथाप गरौँ तर नयाँ खोजेर किन बढी दुःख गर्नु भन्ने खालको प्रवृत्ति देखिने गरेको छ । रिसोर्सको कन्सट्यान्ट भएर काम नभएको हो कि भन्ने जस्तो लाग्छ, त्यस्तो होइन । बिल पेस भएको छ तर त्यो पूर्ण नहुने, त्यसले माग गर्ने डकुमेन्टहरू पुरा नहुने गर्दा फर्छ्यौट ढिला हुने गरेको छ । पेन्डिङ्ग भएर बस्ने र तेस्रो चौमासिकमा जाने र तेस्रो चौमासिकको हुनुपर्ने काम असारमा विकासे खर्च हुने गरेको छ । यसबाट हामी मुक्त हुनैपर्छ ।

अहिले सेयर बजारले नयाँ उचाइ काम गरिरहको, सेयर बजारको माध्यमबाट पूर्वाधारका क्षेत्रमा लगानी जुटाउने सम्भावना कति छ ?

सेयर बजारबाट हामी तत्कालै मुनाफा आर्जन गर्नेतिर लागिरहेका छौँ । त्यस्ता परियोजनामा लगानी गर्ने भनेको दीर्घकालीन सोचेर नै हो । अहिले सेयर बजारमा यो समस्याको रूपमा रहेको छ । सेयर बजारमा लगानी गर्नासाथ प्रतिफल खोजिन थालेको छ । अहिले निजी क्षेत्रसँग पर्याप्त क्षमता त्यति देख्न सकिएको छैन । मैले सरकारी निकायलाई त्यस्ता आयोजनाको पहिचान गरेर जान पनि भनेको छु । तर कार्यान्वयन हुन सकेको छैन । विकास राज्यले नै गर्ने हो । हामीले यसमा देखिएका विभिन्न खाले कमी कमजोरीलाई न्यूनीकरण गर्दै अघि बढेका छौँ ।

त्यस्ता पूर्वाधार जनतालाई सहभागी गराएर वा राज्यकै निकायबाट ऋण उपलब्ध गराएर निर्माण गर्ने सम्भावना कत्तिको छ ?
हामी आर्थिक अनुशासनको पाटोमा अलिकति कमजोर भयौँ भने तपाईँले अहिले गरेको प्रश्न उठ्न पनि सक्छ । सात वटा प्रदेश मध्ये एउटा प्रदेशमा यो समस्या देखिसकेको छ । अहिले भएका परियोजनाहरूमा ५० प्रतिशत कटाउने भनेर निर्णय भएको छ । अहिले ग्याप धेरै भएको छ ।

आफ्नो क्षमता र बजेटमा राखेको परियोजना तथा रकममा ठुलो ग्याप भयो । जसले गर्दा बजेट कटौती गर्नुपर्ने अवस्था आएको हो । पालिकामा पनि त्यस्तै हुनसक्ने स्थिति छ । अब तपाईँले भन्नुभएजस्तो सह-लगानीका कुरा हुँदै नभएको होइन । पाकिला, प्रदेश र सङ्घीय सरकारबिचको सह-लगानीको मोडिलाटी भर्खरै आएको छ, त्यसले कति तान्छ हेरौँ । दुई तहबिच समन्वय गरेर जाने कुरा छ । पालिकाले म यति पैसा दिन्छु, यो परियोजना बनाउन चाहन्छु, सङ्घीय सरकारले सहयोग गरोस् भनेर भन्ने अवस्था सृजना गर्नुपर्ने छ ।

परियोजनाहरूको उत्थान हुने अनि निजी क्षेत्रका सन्दर्भमा निजी क्षेत्र र सरकारबिचमा सहकार्य गरेर जाने वातावरण अझै राम्रो बनाउन आवश्यक छ । यसमा काम हुँदै नभएको होइन, अब निजी क्षेत्रले सरकारबाट लिजमा जग्गा प्राप्त गर्ने, सुविधाहरू प्राप्त गर्ने र निजी क्षेत्रले आफ्नो काम गर्ने अवस्था बन्छ । तर अहिले नै सन्तोषजनक रूपमा हुन नसकेको सत्य नै हो ।

अब स्थानीय सरकारको आन्तरिक स्रोत वृद्धि हुने, ऊ आफै स्टेसन हुने र भोलि त्यसले चालु खर्च आफै व्यवस्था गर्न सक्ने गरी ऋण लगानीको मोडिलाटी बनाउन कत्तिको सकिन्छ ?

स्थानीय तह, प्रदेश तहलाई ऋण दिने सन्दर्भमा त्यसको मोडिलाटी के-कस्तो हुने भनेर हामीले रेगुलेटरी सिस्टम, नीति बनाउनु पर्छ । त्यसमा केही गृहकार्य भएको छ । ७५३ वटै पालिकामा लगानी आवश्यक छ । कतिपय पालिकाको क्षमता पनि हेर्नुपर्छ । कतिपयले क्षमता बनाइसकेका  छन् । तर उनीहरूको टिङ्गर गरिएको छैन । क्रेडिट टिङ्गर त हुनप¥यो । कति चैँ क्रेडिट उनीहरूमा छ, ऋण दिँदा त्यसको सदुपयोग हुने सम्भावना कति छ रु त्यसमा पनि ध्यान दिनुपर्छ ।

हामी त्यो पाटोमा क्रमशः जाँदै छौँ । राष्ट्रिय बजेटको एक तिहाइ अहिले पनि प्रदेश र स्थानीय तहलाई जान्छ । जुन पालिकाले ऋण लिन चाहेका छन् उनीहरूलाई सहजीकरण गर्ने र त्यस्तो लोनको व्यवस्था क्रमशः गर्दै जानुपर्नेछ । विभिन्न देशमा जस्तै म्युनिसिपल बोण्डको  कुराहरुपनि उठेको छ । त्यसमा पनि हामी जाने सोचमा छौँ । क्रमशः अरू किसिमका रेन्टका कुराहरू सङ्घीय सरकारले उपलब्ध गराउने तिर जानुपर्ने हुनसक्छ ।

आफ्नो क्षमता र बजेटमा राखेको परियोजना तथा रकममा ठुलो ग्याप भयो । जसले गर्दा बजेट कटौती गर्नुपर्ने अवस्था आएको हो । पालिकामा पनि त्यस्तै हुनसक्ने स्थिति छ । अब तपाईँले भन्नुभएजस्तो सह-लगानीका कुरा हुँदै नभएको होइन । पाकिला, प्रदेश र सङ्घीय सरकारबिचको सह-लगानीको मोडिलाटी भर्खरै आएको छ, त्यसले कति तान्छ हेरौँ

अहिलेसम्मको अवस्था हेर्दा तपाईँहरूले विशेष र समपूरक अनुदान पूर्वाधारमै लगानी गर्नुभएको छ, त्यसको प्रतिफल कस्तो छ ?

परियोजनाहरू कार्यान्वयनमा भर्खर गएका छन् । कतिपय ठेक्का सकिएका छन् भने कतिपय ठेक्का गर्न बाँकी छ । कोरोनाले गर्दा यो पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । समपूरक पूर्वाधार निर्माणमा केन्द्रित छ । विशेष गरी सामाजिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा बढी केन्द्रित देखिन्छ । त्यो रकम स्थानीय तहले उपयुक्त हिसाबले प्रयोग गरेकै देखिन्छ । कोरोनाका कारण रकम फ्रिज भयो । त्यसले गर्दा केही समय भुक्तानीमा समस्या भयो । स्थानीय तहले काम गराइसक्यो, पैसा भुक्तानी गर्न सकेछैन, त्यसलाई हामी व्यवस्थापन गर्दैछौं ।

सङ्घीय र प्रदेश सरकार, सङ्घीय र स्थानीय सरकारको बिचमा एक किसिमको सम्बन्ध कायम रहोस् । यसमा पहुँचवालाहरुको अलि बढी प्रभाव पर्छ कि भन्ने खालको चिन्तन न्यूनीकरण होस् भनेर हामीले त्यही अनुसारको सिस्टम बनाएका छौँ ।

हामीले पुसमा विज्ञापन आह्वान गर्छौ, पालिकाहरूलाई दरखास्त हाल्न भन्छौ, उहाँहरूले दरखास्त आइटी सिस्टमबाट हाल्नुहुन्छ । हामीले नीति बनाउँदा सकेसम्म समान वितरण होस् भन्ने चाहेका हुन्छौँ । तर आवश्यकता अनुसार तलमाथि गर्नुपर्ने पनि हुनसक्छ । पालिकाले  कार्यान्वयन कस्तो गरेका छन् त्यसलाई पनि प्राथमिकतामा राखियोस् भनेका छौँ । कुनै पालिकाले दरखास्त नै हाल्दैन भने के गर्न सकिन्छ र ।

हामीलाई गर्व यसमा छ कि ७५३ वटै पालिकामध्येका कुना कन्दराका पालिकाहरूमा पनि हामीले केही न केही रिसोर्स पठाउन सकेका छौँ । कोरोनाले समस्या बनाएर कार्यान्वयनमा केही ढिलाइ भएको हो । त्यसलाई हामी क्रमशः निराकरण गर्दै जान्छौँ ।

सङ्घीय सरकार सबै ठाउँमा त्यसको समदृष्टि पु¥याउने हिसाबले लागेको छ । अहिले कतिपय पालिकामा पर्याप्त परियोजनाहरूको तयारी नभएको देखिन्छ । क्षमता विकास आवश्यक छ र क्षमता विकास मात्रै होइन, त्यसमा सचेतनाको पनि आवश्यकता देखिएको छ ।

सबै विकासका कामहरू अनुदानबाट मात्रै सम्भव हुँदैन, कस्ता काम ऋण, कस्ता काम अनुदान, कस्ता आयोजनालाई ऋण र अनुदान दुवैबाट गर्ने, कस्तालाई निजी–सरकारी निकाय मिलेर अघि बढ्ने भन्ने विषय प्रस्ट नभएको हो ?

यसमा प्रस्ट नभएको भन्ने त होइन । सामाजिक पूर्वाधार निर्माणका विषयमा सरकारले पनि हेरेको छ । त्यसमा मुनाफा हुँदैन । यदि मुनाफा छ भनेर हामीले दियौँ भने बढी एक्सप्लोईटेशन हुन्छ । त्यसो हुनाले  सामाजिक पूर्वाधार निर्माणका क्षेत्र र ठुला-ठुला पूर्वाधारका क्षेत्र जहाँ निजी क्षेत्रको क्षमता पुग्दैन, त्यस्तो ठाउँमा राज्य स्वयम अग्रसर हुनुपर्ने हुन्छ । उत्पादनमूलक, आय आर्जनमूलक परियोजनाहरू जहाँ निजी क्षेत्रले आय आर्जन गर्न सक्छ त्यसमा राज्य र निजी क्षेत्र बिचमा सहकार्य गरेर जानुपर्छ ।

कतिपय ठाउँमा राज्यले भूमि दिने, वातावरण बनाइदिने, पूर्वाधार दिने र त्यो निजी क्षेत्रले चलाउने खालको हुन्छ । कतिपय ठाउँमा राज्यले केही लगानी गर्ने, निजी क्षेत्रले पनि लगानी गर्ने हुन्छ । यस्तो हुँदा निजी क्षेत्र र राज्य मिसियो भने उपयुक्त व्यवस्थापन विधि नबनेको र त्यसको परिपाटी हामीले अपनाइ सकेका छैनौँ । राज्यको मात्रै भयो भने कर्मचारीतन्त्रको सिस्टममा जान्छ, निजी क्षेत्रमा मात्रै भयो भने मुनाफामा जान्छ । जसले गर्दा यो सिस्टमलाई स्थापित गरेर राज्य र निजी क्षेत्र कोबिच सहकार्य गरेर जाने खालको मेकानिजम विकास गर्नुपर्ने देखिन्छ ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सपना छ, त्यो हाम्रै पालामा सम्भव छ ?

प्रधानमन्त्रीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना र अहिलेको हाम्रो वर्तमान स्थितिमा केही ग्याप छ । किनभने हामीले १० वा साढे १० प्रतिशतको आर्थिक वृद्धिदर भनेका छौँ । हाम्रो विगत ३ वर्षको (कोरोना बाहकको) अवस्थालाई हेर्ने हो भने ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भयो ।

यसमा लगभग ३ प्रतिशतको ग्याप देखियो । हामीले २५ वर्षपछि १२ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याउने भनेका छौँ । अहिले ११ सय भन्दा केही बढीको स्थितिमा पुगेका छौँ । त्यसले गर्दा केही मेहनत आवश्यक छ ।

 

वि.सं.२०७७ चैत १६ सोमवार १८:२१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...