हुन्डाईको नयाँ वर्ष विशेष ‘हुन्डाई चढौं, अघि बढौं’ योजना : १ लाखसम्मको एक्सचेञ्च बोनसको सुविधा

काठमाडौं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “ यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार हरेक खरिदमा ग्राहक आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजार रुपैयाँदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिने छ ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ  ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

२०७७ चैत्र १९ गते १२:१७ मा प्रकाशित

You can share this post!

एनएलजी इन्स्योरेन्सका संस्थापक सेयरधनीको ९५ प्रतिशत सेयर सर्वसाधरणमा परिणत

एनएलजी इन्स्योरेन्सका संस्थापक सेयरधनीको ९५ प्रतिशत सेयर सर्वसाधरणमा परिणत

Related posts