सबैभन्दा धेरै कर तिर्ने तीन सहकारीलाई विभागले गर्यो सम्मान

काठमाडौं । सहकारी विभागले आर्थिक वर्ष २०७६-७७ मा सबैभन्दा बढी कर तिर्ने तीन वटा सहकारी संस्थालाई सम्मान गरेको छ ।

गत आवमा सबैभन्दा बढी आइएमई को-अपरेटिभ सर्भिस लिमिटेड, झापा जिल्लाको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कुलेश्वरको महिला सहकारी संस्थालाई सम्मान गरेको हो ।

आईएमई टिडिएस सहित ८ करोड ५५ लाख र आयकर मात्रै १ करोड ४९ लाख ८४ हजार ९४३ रुपैयाँ रान्यलाई आयकर तिरेको छ । यस्तै साहारा नेपाल बचत तथा ऋण सहकारीले टिडिएस सहित ४ करोड २४ लाख २८ हजार १५३ रुपैयाँ र १ करोड २८ लाख ७४ हजार ८१० रुपैयाँ आयकर तिरेको छ । यस्तै कुलेश्वरको महिला सहकारी संस्थाले १ करोड २१ लाख भन्दा बढी आयकर तिरेको छ ।

६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा विभागले आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बढी आयकर तिर्ने तीन वटा सहकारी संस्थाहरुलाई सम्मान गर्नु भएको हो ।

२०७७ चैत्र २० गते १६:४८ मा प्रकाशित

You can share this post!

मेलम्ची ल्याउने किसुनजीको तीन दशक पुरानो प्रतिवद्धता पुरा हुँदा राष्ट्रपतिबाट यस्तो सम्झना

मेलम्ची ल्याउने किसुनजीको तीन दशक पुरानो प्रतिवद्धता पुरा हुँदा राष्ट्रपतिबाट यस्तो सम्झना

Related posts