उत्पादन तथा रोजगारी सिर्जनाका लागि तीन अर्ब ऋण लगानी गर्दै बागमती प्रदेश, कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी गर्ने भएको छ ।

प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिथिल भएका कृषि, उद्योग, व्यापार व्यवसायसंग सम्वन्धित क्षेत्रमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियत ब्यादरमा ऋण लगानी गर्ने भएको हो ।

सरकारले ५ वर्षसम्मका लागि अधिकतम १० लाख रुपैयाँ ऋण लगानी गर्ने जनाएको छ । प्रदेश सरकारले चाुल आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ३ अर्ब रकम ऋण लगानीका लागि घोषणा गरेको थियो ।

कृषि, उद्योग, पर्यटन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहरमैला व्यवस्थापनमा ऋण प्रवाह हुने बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ऋणको ब्याजदर वार्षिक तीन प्रतिशतभन्दा धेरै नहुने प्रदेश सरकारले जनाएको छ । सहुलियतपूर्ण ऋण लगानीका लागि बागमती प्रदेश सरकारले कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरेको छ ।

२०७७ चैत्र २२ गते १०:३४ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस कति ?

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस कति ?

Related posts