back
NMB ad

एनआईसी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीमा क्यूआर कोड वितरण

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड वितरण गरेको छ ।

एक कार्यक्रमकबीच नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।

बैंकको मोबाइल बैंकिङ्ग, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप÷वालेट मार्फत यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नुहुनेछ ।

उक्त रकम सम्बन्धित बिक्रेताको बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । बैंकले निकट भविष्यमा उक्त क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्यूआर कोड भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।

बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । यस प्रणालीमा आबद्ध हुन चाहनुहुने नयाँ व्यापारी महानुभावहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको जनाएको छ ।

वि.सं.२०७७ चैत २२ आइतवार १०:४७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...