काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज (चैत २२ गते) का लागि तोलाका ८७ हजार ४ सय रुपैयाँ नै कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन पनि छापावाला सुनको मूल्य सोही मूल्यमा किनबेच भएको थियो । आज तेजावी सुनको मूल्य पनि तोलाको ८६ हजार ९५० नै तोकिएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलामा १२ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा खरिदविक्री भएको थियो ।
वि.सं.२०७७ चैत २२ आइतवार १०:५८ मा प्रकाशित