back
NMB ad

बजेट निर्माणका लागि दैनिक १२ घन्टा मन्त्रालयमा खट्दै अर्थमन्त्री पौडेल, यस्तो छ दैनिकी

Kumari bank ad

काठमाडौं । यतिबेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको निर्माणमा ढोका थुनेर लागिपरेको छ । यसका लागि अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलका साथै मन्त्रालयको विभिन्न महाशाखाका अधिकारीहरु समेत लागि परेको छन् ।

पछिल्लो २ साता यता मन्त्री पौडेल पार्टी, राजनीतिक काममा भन्दा बढी समय अर्थ मन्त्रालयमा बिताउन थाल्नु भएको छ । उहाँ अहिले दैनिक १२ घन्टा आगामी आवको बजेट निर्माणका लागि मन्त्रालयमा नै खटिने गर्नु भएको छ ।

मन्त्रालयले आगामी आवको बजेट निर्माणका लागि आवश्यक सुझाव समेत मागेको छ । अहिले पनि विभिन्न निकायले आगामी आवको बजेटको लागि आवश्यक पर्ने सूझाव दिइसकेका छन् भने केही सुझाव दिने क्रममा रहेका छन् ।

अहिले प्राप्त सुझावको आधारमा मन्त्रालय बजेट निर्माणमा जुटेको छ । यसको लागि मन्त्री पौडेल बिहान ८ बजे नै मन्त्रालयमा आउने र साँझ ८ बजेसम्म मन्त्रालयमा नै बसेर काम गरिरहनु भएको छ । मन्त्री पौडेलका स्वकिय सचिव एम पाण्डेका अनुसार मन्त्री पौडेलले आफ्नो मन्त्रालय, विभाग, अन्तर मन्त्रालय, संवैधानिक निकायसँग बढी छलफल गर्ने गर्नु भएको छ ।

यस्तै मन्त्रालयसँग सम्बन्धित विभिन्न समिति, मन्त्रिपरिषदका विभिन्न समितिमा केही समय खर्चने गर्नु भएको छ भने पछिल्लो समयमा अत्यावश्यक बाहेकका उहाँ राजनीतिक कार्यक्रममा न्यून सहभागी हुन थाल्नु भएको छ । विगत करिब २ साता यता कुनै दिन निवासमा खाना खाएर त कुनै दिन मन्त्रालयमा आएर खाना खाएर अधिकांश समय बजेट निर्माणमा लाग्नु भएको छ ।

मन्त्रालयमा आएपछि प्राप्त सुझावको अध्ययन गर्ने, आगामी आवको बजेट कसरी कस्तो बनाउने, कत्रो आकारको बनाउने, चालु आवको भएका विषयको समिक्षा गर्ने, चालु आवको बजेटमा उल्लेख भएका कामको कति काम भएको छ, आगामी दिनमा कसरी अघि बढ्ने विषयमा सुझाव लिने काममा नै बढि खटिने गर्नु भएको छ ।

दिनको २ बजे भन्दा अगाडि यी काममा समय बित्ने गरेको छ । २ बजेदेखि ४ बजेसम्म बजेटका विषयमा सरोकारवालासँग भेट्ने छलफल गर्ने समय रहेको छ । कुनै बेला निवासबाट ल्याएको त कुनै बेला मन्त्रालयमा नै तयार भएको खाजा खाएर उहाँले दैनिक २ घन्टा सरोकारवाला पक्षको सुझाव लिने गर्नु भएको पाण्डको भनाइ छ ।

यो बेलामा मन्त्रालयमा बजेटको विषयमा छलफल गर्न बाहिरका मान्छे धेरै नै आउने गरेको बताइएको छ । बजेटको समयमा बाहिरका मानिसको कुरा सुन्नुपर्ने, विभिन्न संघ संगठनको सुझाव लिनु पर्ने भएकोले दैनिक २ घन्टा छलफलको लागि समय छुटयाईएको पाण्डेको भनाइ छ ।

उहाँले त्यो २ घन्टामा आएका सुझावलाई मन्त्रालयका सम्बन्धित अधिकारीहरुसँग छलफल गर्ने गर्नु भएको छ । त्यस्तो सुझाव मध्ये अति उपयुक्त सुझावलाई मात्रै बजेटमा समावेश गर्ने गरिएको छ ।

अहिले मन्त्रीका साथै मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव पनि बजेट निर्माणमा निकै सकृयताका साथ लागि रहनु भएको छ । यसका साथै राजस्व परामर्श समिति, वित्त आयोग, मन्त्रालयका सहसचिवको समूहले नै बजेट निर्माणको लागि काम भइरहेको छ ।

अहिले योजना आयोगले गरेको प्रस्ताव गरेको सिलिङ अनुसार मन्त्रालयहरुले योजना बनाइरहेको बुझिएको छ । अहिलेसम्म ठोस कार्यक्रमहरु समावेश गरिएको छैन । अहिले आगामी आवको बजेटमा बढी फोकस गर्नुपर्ने विषयमा र नीतिगत रुपमा कसरी अघि बढने भन्ने विषयमा चासोका साथ काम भइरहेको छ ।

वि.सं.२०७७ चैत २२ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...