back
NMB ad

नेपाल पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्षमा पुनःप्रधान

Kumari bank ad

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित हुनुभएको छ ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनले प्रधानलाई निर्वाचित गरेको छ । निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याउनु भएको छ ।

निर्वाचनले महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया निर्वाचित हुनु भएको छ । पदहरुमा प्रधान समुहबाट उम्मेदवारी दिएका सबै निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहमा अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेटे«ालपम्प संचालनको लागि लाइसेन्स दिदा बैज्ञानिक आधारमा दिनुपर्ने बिषयमा एसोसियसनले काम गर्ने बताउनु भयो ।

निगमलाई प्रविधि मैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधि मैत्री बनाउने तर्फ एसोसियसनले पहल गर्ने, लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतिय स्टेशन विस्तारको लागि पहल गर्ने बिषयमा एसोसियसनले काम गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ३ बैशाखदेखी मुलुकभर बिद्युतिय माध्यमबाट कारोबार गर्ने बताउँदै त्यसको लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरिसकेको जानकारी गराउनु भयो ।

वि.सं.२०७७ चैत २२ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...