back
NMB ad

बैंकमा निक्षेपको तुलनामा कर्जाको माग घट्यो, ४० अर्ब निक्षेप संकलन गर्दा ३९ अर्ब ऋण लगानी

Kumari bank ad

काठमाडौं । चैत तेस्रो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ । चैत तेस्रो साता निक्षेप संकलन ४० अर्ब रुपैयाँले बढ्दा कर्जाको माग ३९ अर्ब रुपैयाँले बढेको छ । यो साता कर्जाको माग भन्दा निक्षेप संकलन घटेको छ ।

चैत तेस्रो सातासम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग यो साता केही मात्रामा घटेको छ ।

बैंकर्स संघका अनुसार चैत दोस्रो सातासम्म बैंकहरुले ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तेस्रो साता आइपुग्दा ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले फागुन महिनामा मात्रै २७ अर्ब रुपैयाँ निक्षेप संकलन गेरर ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन तोस्रो साता बैंकहरु निक्षेप संकलनमा निकै आक्रमक देखिएका थिए । चौथो सातामा आएर त्यो निकै कमी आएका थियो ।

चैत पहिलो साताको तुलनामा दोस्रो साता निक्षेप संकलन केही बढेको थियो । दोस्रो साताको तुलनामा तेस्रो साता निक्षेप संकलन ह्वात्तै बढेको छ । संघको तथ्याङक अनुसार गत साता कर्जा लगानी सुस्त देखिएको छ ।

वि.सं.२०७७ चैत २२ आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...