back
NMB ad

३६ करोड बढीको बेसार आयात, ६३ प्रतिशतले बढ्दा कुन देशबाट कति आयो ?

Kumari bank ad

काठमाडौं । नेपालमा बेसार तथा यसका कच्चा पदार्थको आयात ६२.६३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा बेसारको आयात ६२.६३ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङकले देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार गत आवको फागुन मसान्तसम्म २२ करोड २४ लाख ६६ हजार रुपैयाँको बेसार तथा यसको कच्चा पदार्थ आयत भएको थियो । जसमध्ये ९८ लाख १० हजार रुपैयाँ बराबरको १ लाख ५ हजार २९ किलो ताजा बेसार, ३ करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको १ लाख ८४ हजार ८२ किलो धुलो बेसार र १८ करोड २२ लाख ४४ हजार रुपैयाँको बेसारजन्य कच्चा पदार्थको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको आठ महिनामा बेसार आयात ६२.६३ प्रतिशतले वृद्धि भई ३६ करोड १८ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
विभागका अनुसार चालु आवको साउनदेखि फागुन महिनाको अन्त्यसम्ममा ४ करोड ६७ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ८७ हजार १९४ किलो ताजा बेसार आयात भएको देखिन्छ ।

जसमध्ये ३ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको २ लाख १४ हजार ८७९ किलो धुलो बेसार र २७ करोड ९३ लाख रुपैयाँ बराबरको २२ लाख ८ हजार ७ किलो कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ ।

विभागले दिएको जानकारी अुनसार नेपालमा चालु आवको आठ महिनामा छिमेकी मुलुक भारत, पाकिस्तान र इथिओपीयाबाट आयात भएको हो । जसमध्ये सबैभन्दा धेरै भारतबाट ३५ करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको बेसार र यसका कच्चा पदार्थ आयात भएको देखिन्छ ।

त्यसैगरि इथिओपीयाबाट १४ लाख ३३ हजार रुपैयाँ बराबरको १५ हजार किलो धुलो बेसार र पाकिस्तानबाट ११ लाख ३० हजार रुपैयाँ बराबरको १२ हजार किलो बेसार तथा यसका कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७७ चैत २२ आइतवार १९:१५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...