रुरु जलविद्युतको आइपिओमा लगानीकर्ताको ओइरो, कतिले दिए आवेदन ?

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको साधारण सेयर (आईपीओ) मा २ अर्ब २५ करोड १८ लाख ७२ हजार रुपैयाँको आवेदन परेको छ ।

१३ लाख ८ हजार ९८५ आवेदकले १ करोड ८७ लाख ६५ हजार ६ सय कित्ताका लागि आवेदन दिएका छन् । आयोजनाले गत शुक्रबारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको छ ।

परियोजनाले एक सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेनद दिन सकिने छ ।

२०७७ चैत्र २३ गते १७:२४ मा प्रकाशित

You can share this post!

आगामी आवमा अधिकांश मन्त्रालयको बजेट कटौती हुने, सिलिङ घटेपछि मन्त्रालय चिन्तित (कुनमा कति )

आगामी आवमा अधिकांश मन्त्रालयको बजेट कटौती हुने, सिलिङ घटेपछि मन्त्रालय चिन्तित (कुनमा कति )

Related posts