काठमाडौं । मंगलवार सुन मूल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८७ हजार ५० रुपैयाँ तोकिएको छ ।
यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलाको १२ सय ३५ रुपैयाँ कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७७ चैत २४ मंगलवार ११:०४ मा प्रकाशित