काठमाडौं । अजोड इन्स्योरेन्सले भित्री सूचना चुहावट गरेर सेयर कारोबार गरेको आरोपपछि छानविनको लागि धितोपत्र बोर्डले उप–समिति गठन गरेको छ ।
बोर्डका निर्देशकको संयोजकत्वमा २३ गते उप-समिति गठन भएको हो । उक्त उप-समितिले इन्स्योरेन्सले भित्री सूचना चुहावट गरेर १६ गरेको कारोबारको अध्ययन/अनुसन्धान गर्ने भएको छ । अनुुुन्धानले भित्री कारोबार भएको देखाएमा नियमानुसार कारबाही अघि बढाउने बोर्डले जनाएको छ ।
इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक गर्नु अघि नै सूचना चुहावट गरेर चैत १६ गते सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको थियो । कम्पनीको मूल्य बढेपछि १८ गते बोर्डले कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण नेप्सेसँग मागि सकेको छ । त्यसपनि पनि हकप्रद निष्काशन गर्ने सूचना जारी गर्नु अघि नै सूचना सेयर मूल्य १० प्रतिशतले बढेको देखिएको छ ।
बोर्डले उप-समिति बनाए पनि इन्साइडर टे«डिङ गर्ने कम्पनीलाई बोर्डले कारबाही गर्नेमा विश्वास मान्न नसकिने जानकारको भनाइ छ । एक लगानीकर्ताका अनुसार यो पटक बोर्डले गठन गरेको उप समितिले वास्तविकता उजागर गर्नेमा आशंका देखिएको बताउनुभयो ।
धितोपत्र बोर्डको विश्वास नगालेर लगानीकर्ताले सेयर बजारको मुद्दा प्रहरी प्रशासनमा लैजान थालेको स्मरण गराउँदै यो विषयलाई पनि बोर्डले इमान्दारी पूर्वक निर्णय गर्नेमा आशंका भने बढेको छ ।
भित्री सूचना चुहावट गरेर कारोबार गरेको प्रमाणित भएमा यस्तो हुने छ कारबाही
वि.सं.२०७७ चैत २४ मंगलवार ०९:५९ मा प्रकाशित