रुरु जलुविद्युतको आइपीओमा माग भन्दा ६२ गुणा बढी आवेदन

काठमाडौं । रुरु जलुविद्युत परियोजनाको आइपीओमा २ करोड ३४ लाख १४ हजार १४० कित्ताका लागि १६ लाख ७० हजार ९११ जनाले आवेदन दिएका छन् ।

अन्तिम दिनसम्ममा यो आइपीओमा २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८ सय रुपैयाँको आवेदन परेको छ । परियोजनाले चैत २० गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

१०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्कासन गरेको हो । ४ लाख ७ हजार ७०६ कित्ता आइपीओमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

२०७७ चैत्र २४ गते १७:३४ मा प्रकाशित

You can share this post!

इसेवाबाट हवाइजहाजको टिकट काटनेलाई बम्बर अफर

इसेवाबाट हवाइजहाजको टिकट काटनेलाई बम्बर अफर

Related posts