back
NMB ad

महासंघको भिजन पेपरः १० वर्षमा सय अर्ब डलरको अर्थतन्त्र, १५० अर्ब डलर लगानीमा निजी क्षेत्रको मात्रै १०८ अर्ब

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५ औं वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रुपान्तरण–२०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ ।

भिजन पेपरमा अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुर्याउने र दीगो उच्च आर्थिक वृद्धि मार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ । उक्त लक्ष्य पुरा गर्ने बलियो आधार र सुझावहरु समेत भिजन पेपर मार्फत दिइएको छ ।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्नको लागि १५० अर्ब डलरभन्दा बढी लगानी हुनुपर्ने जनाएको छ । त्यसको लागि करिब १०८ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनु भयो ।

महासंघले भिजन पेपरमा आगामी १० वर्षमा १०० वटा योजना कार्यान्वयनमा सरकारको सहकार्य आवश्यक रहेको जनाएको छ । उक्त १०० योजनामा ४० वटा योजना दुई वर्षभित्रै कार्यान्वयन गर्ने लक्ष्य रहेको अध्यक्ष गोल्छाले बताउनु भयो । उहाले नेपालमा पुर्वाधारमा लगानी बढाउन सकिने भएपनि पुजीगत खर्च नहुदा समस्या भएको तर्क गर्नुभयो । यसको लागि सरकारले अनुत्पादन क्षेत्रमा हुने खर्च कटौती गर्न समेत आग्रह गर्नुभयो ।

‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ भन्ने नारा सहितको भिजन पेपर सार्वजनिक गर्दै अध्यक्ष गोल्छाले अहिले सरकारले नियोजित रुपमा अनुगमन गरेको र यसलाई बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।

‘अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्या परेको प्रति हामी सम्वेदनशील छौं’ अध्यक्ष गोल्छाले भन्नुभयो ‘सरकारले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्यो, सरकारले व्यवसायीलाई नियोजित अनुगमन गर्नु भएन ।’ अनुगमन गर्नको लागि नियमावली आवश्यक रहेको र महासंघको व्यापार समितिले केही समयमा नै कालोबजारी र उपभोक्ता ऐनमा भएका अव्यवहारिक प्रावधानको अध्ययन गरी सरकारलाई सुझाव दिने उहाँको भनाइ छ ।

व्यवसायीप्रति पहिलो नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई पनि फाइदा नहुने र यसमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ । व्यवसायीहरुले पनि अहिले आफै जिम्मेवार व्यवसायी बन्न खोजेको उहाँको तर्क छ ।

कार्यक्रममा गोल्छाले भेइकल्स कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागु भएपछि व्यवसायीलाई धेरै नै असहज भएको भन्दै यसलाई पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । अहिले डेडिकेटेड फिडर नलिएका उद्योगीलाई पनि सरकारले महशुल लिन खोजेको भन्दै उपभोग नगरेको विद्युतको शुल्क तिर्न नसकिने उहाँको तर्क छ ।

वि.सं.२०७७ चैत २८ शनिवार १५:१० मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...