back
NMB ad

‘प्यान’मा नेपालीहरुको आकर्षण बढ्यो, एकै महिनामा ५ लाख ७३ हजार बढीले लिए

Kumari bank ad

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ३९ लाख ११ हजार ४६४ पुगेको छ । फागुन महिनामा मात्रै ५ लाख ७३ हजार ९७२ जना पुगेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको बुलेटीनको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३९.६ प्रतिशतले वृद्धि भएको हो ।

फागुनसम्ममा व्यवासायिक प्यान लिनेको संख्या १५ लाख ४८ हजाहर ९०४ रहेको पुगेका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ६०.२ प्रतिशत अर्थात २३ लाख ५४ हजार ३६० पुगेको छ । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर भने ८ हजार २ सय पुगेको छ ।

त्यसैगरि मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८२ हजार ५२६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ९ हजार २९८ पुगेको छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १७:२९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...