back
NMB ad

पाँचतारा साकोसद्वारा सिजेएन कोषमा सहयोग

Kumari bank ad

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकार समाजको ‘सिजेएन हित कोष’ मा १ लाख १ हजार १५१ रुपैयाँ प्रदान गरेको छ ।

संस्थाको १३ औं स्थापना दिवसको अवसरमा मंगलबार सहयोग गरेको हो । संस्थाले स्थापना दिवस एवं नयाँ वर्ष २०७८ को अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले उक्त चेक सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई हस्तान्तरण गर्नु भएको हो ।

समाजले स्थापना गरेको ‘सिजेएन पुरस्कार तथा हितकोष’ मा उक्त रकम जम्मा हुनेछ । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त रकम प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष पाठकले बताउनु भयो ।

सिजेएनका अध्यक्ष खिलानाथ दाहालले सदस्यहरुको वृत्ति विकास र हक हितकालागि समाजले काम गर्दै आएको बताउनु भयो । कोषले पत्रकारिता पुरस्कार लगायत भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले सिजेएन हित कोष निर्माण गरिएको उहाँको भनाई छ ।

संस्थाले स्थापना दिवसकै अवसरमा वार्षिक रुपमा गर्दै आएको पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान घोषणा गरेको छ । संस्थाले २०७६ कालागि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई सम्मान गर्ने भएको छ । त्यसैगरी २०७७ का लागि सहकारी जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णु कुमारी लिम्बु दाहाललाई सम्मान गर्ने भएको छ ।

संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी क्षेत्रमा योगदान पु¥याउने अभियन्ताहरुलाई सम्मान गर्दै आएको भए पनि गत वर्ष कोरोना महामारीका कारण भएको लकडाउनले सम्मान कार्यक्रम स्थगित भएको थियो । यस वर्ष पनि कोरोना भाइरसको जोखिम रहेकाले घोषित व्यक्तित्व द्वयलाई आगामी साधारणसभामा सम्मान गरिने संस्थाले जनाएको छ । संस्थाले सहकारी व्यक्तित्व हरुलाई नगद ११,१५१ रुपैया र ताम्र पत्र सहित सम्मान गर्ने भएको हो ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले जुन देशमा अग्रजको सम्मान हुँदैन त्यो देशमा सभ्यताको विकास नहुने बताउनु भयो । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने भावलाई आत्मसातगर्दै संस्थाले कुनै जाति, वर्ग, धर्म र राजनीतिक पक्षलाई नहेरी योगदानको आधारमा अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ’ उहाँले भन्नुभयो । एघारौं पटकसम्म संस्थाले स्थापना दिवसको अवसरमा निरन्तर सम्मान गर्दै आएको भए पनि गत वर्ष कोभिड-१९ का कारण स्थगित भएको सम्मान कार्यक्रमलाई यस वर्ष सँगै जोडेर मनाएको जानकारी गराउनु भयो ।

‘संस्थाले नियमित बचत गर्ने र ऋणमा तिरेको ब्याजका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम दिँदै आएको छ’ उहाँले भन्नुभयो, ‘सहकारी ऐन २०७४ आउनु भन्दा अगाडि देखि नै हामीले त्यस प्रकारको व्यवस्था गरी रकम वितरण गर्दै आएका थियौं ।’

संस्थामा १५ वर्षसम्म नियमित बचत गर्ने सदस्यलाई चाडपर्व बोनसको रुपमा ३ हजार रुपैया उपलब्ध गराउने भएको छ । त्यसैगरी संस्थाले १० लाखसम्मको ऋणमा अनिवार्य बीमा गर्न शुरु गरेको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक हरुलाई ३ देखि ५ हजार रुपैयाँ वार्षिक रुपमा उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार १६:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...