back
NMB ad

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, कर तिर्न कार्यालय धाउन नपर्ने !

Kumari bank ad

काठमाडौं । नापी विभागले नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता अनलाइन प्रणाली सुरु गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रणालीको उद्घाटन गर्नुभएको भएको हो । यो सँगै अब सेवाग्राहीले घरमै बसेर आफ्नो जग्गाको नक्सा पिन्ट गर्न सकिने छ ।

यो प्रणाली सुरु भएसँगै जग्गाको कर अनलाइन प्रणाली कनेक्ट आईपीएसबाट तिर्न सकिने भएको छ । यो प्रणालीको सुरुसँगै अब सेवाग्राहीले घरमै बसेर सहजै सेवा पाउने भएका छन् । अन्य कार्यालयमा पनि यो सेवा चाँडै विस्तार गर्ने मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताउनु भयो ।

कनेक्ट आईपीएसबाट नै राजस्व तिर्न सकिने भएपछि यसको लागि कार्यालयसम्म पुग्न नपर्ने भएको छ । अब मालपोत र नापी कार्यालयमा सेवाग्राहीको भिड पनि कम हुने अपेक्षा रहेको छ । यो सेवा पहिलो चरणमा नापी तथा मालपोत कार्यालय कलंकी, डिल्लीबजार र भक्तपुरबाट सुरु भएको छ ।

कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोटकी दमन्ता ढुंगानालाई अनलाइनबाट प्रिन्ट गरेको नक्सा हस्तान्तरण गर्नुभएको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...