back
NMB ad

अप्पर तामोकाशी निर्माणको अस्वभाविक ढिलाईप्रति प्रम ओली असन्तुष्ट, दैनिक १३ करोड क्षति

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्पर तामाकोशी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

नापी विभागले आयोजना गरेको नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता अनलाइन प्रणालीको उद्घाटन कार्यक्रममा उहाँले यस्तो असन्तुष्टि जनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले अप्पर तामाकोशीको काममा अस्वभाविक ढंगले ढिलासुस्ती भएको र यसमा विशेष किसिमको ध्यान राख्नुपर्ने बेला आएको बताउनुभयो ।

‘लगभग १ वर्षदेखि म एउटै कुरा सुनिरहेको छु’ उहाँले भन्नुभयो ‘त्यहाँ एउटा सानो मेसिन जडान गर्नुपर्नेछ, त्यो कुरा महिले १ वर्ष, १० महिना, ८ महिनादेखि निरन्तर सुन्दै आएको छु, अहिले पनि निरन्तर त्यही सुनिरहेको छु ।’

विगत १ वर्षदेखि त्यही कुरा सुनेको र एउटा मेसिन नराख्दा दैनिक पत्यक्ष रुपमा ५ करोड र अप्रत्यक्ष रुपमा दैनिक १३ करोड नोक्सान भएको उहाँको दाबी छ ।

‘केही मानिसको ढिलासुस्ति हो वा अरु केही हो त्यो हेर्नुपर्ने भएको छ’ उहाँले भन्नुभयो ‘यस्तो ढिलासुस्ती अब सहिय, मान्य हुन सक्दैन, काममा अस्वभाविक ढिलासुस्ती गर्ने, काममा व्यवधान खडा गर्नेले त्यसबाट हुने क्षतिको जिम्मा लिनुपर्छ ।’

बिना कारण देशको होस वा बाहिरको ठेकोदार नै किन नहोस ढिलासुस्ती स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीको दाबी छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...