back
NMB ad

३० करोड बढी भ्याट छल्ने दुई फर्मविरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बील प्रयोग गरी राजस्व छली गर्ने दुई वटा फर्म विरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले न्यु राहुल मोवाइल सेन्टर र ब्याहुत ट्रेडर्सलाई ३० करोड २८ लाख २ हजार ५७३ रुपैयाँ विगो असुल गरी मुद्धा दायर गरेको हो ।

विभागले नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी राजस्व छली गर्ने मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका वडा नं.५ बस्ने न्यु राहुल मोवाईल सेन्टर हेटौडाका प्रोप्राईटर काजल केशरी समेतबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई चैत २६ गते उच्च अदालत पाटनको हेटौडा इजलासमा मुद्दा दर्ता गरेको छ ।

न्यु राहुल मोवाईल सेन्टर हेटौडाका प्रोप्राईटर काजल केशरी र चितरंजन प्रसादले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक ईन्टरनेशनल प्रा.लि सँग खरिद गरी उक्त मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरी र गैर विजक (लुज विल) जारी गरी कानुन विपरित छुट्टै खाता तयार गरी कारोवारलाई नदेखाई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।

यस्तै नक्कली मुल्य अभिवउद्धि कर प्रयोग गरी राजस्व छली गर्ने विरगंज महानगरपालिका–१२ रानिघाटका ब्याहुत ट्रेडर्स विरगंजका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई चैत २५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरिएको छ ।

ब्याहुत ट्रेडर्स विरगंजका प्रोप्राईटर अनिल कुमार कलवारले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक ईन्टरनेशनल प्रा.लि.सँग खरीद गरी उक्त मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरेको देखिएको छ ।

कानुन विपरित छुट्टै खाता तयार गरी कारोवारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोवार गरेको भन्ने गलत र झुठ्ठा विवरण पेश गरी मू.अ.करमा दर्ता समेत नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १८:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...